24 C
New York
Saturday, May 16, 2026

Buy now

spot_img
spot_img

सुरजपुरामा उखु किसानको बक्यौता भुक्तानीबारे छलफल, जेठ ४ गते सीडीओसमक्ष डेलिगेशन जाने

- Advertisement -

बृजराज कुशवाहा, नवलपरासी । उखु किसानहरूले भोग्दै आएको बक्यौता भुक्तानीलगायत विविध समस्यालाई लिएर पश्चिम नवलपरासीको सुरजपुरामा आज सचेत नागरिक, किसान प्रतिनिधि तथा सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ।

बैठकले उखु किसानहरूको समस्या समाधानका लागि दबाबमूलक पहललाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। केही दिनअघि किसान पक्षबाट प्रमुख जिल्ला अधिकारीसमक्ष डेलिगेशन गएर किसानका समस्या उठाइएको थियो। उक्त भेटका क्रममा प्रमुख जिल्ला अधिकारीले चिनी मिल सञ्चालकहरूसहित संयुक्त बैठक राखेर समाधान खोज्ने प्रतिबद्धता जनाउनुभएको सहभागीहरूले बताएका छन्।

सोही सहमति अनुसार आगामी जेठ ४ गते किसान पक्षको डेलिगेशन पुनः परासीस्थित जिल्ला प्रशासन कार्यालय पुग्ने तय गरिएको बैठकमा जानकारी गराइएको छ।

बैठकमा सहभागीहरूले सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नं. ९०(ख) लाई कार्यान्वयन गर्दै उखु किसानहरूको बाँकी बक्यौता रकम तत्काल उपलब्ध गराउन सरकार र चिनी मिल सञ्चालकहरू गम्भीर बन्नुपर्ने धारणा राखेका थिए।

उखु किसानहरूले समयमै भुक्तानी नपाउँदा आर्थिक संकट झेल्नुपरेको, बैंक ऋण, मलखाद, मजदुरी तथा खेती खर्च व्यवस्थापनमा कठिनाइ भइरहेको भन्दै अब पनि समस्या समाधान नभए थप आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत बैठकमा दिइएको थियो।

बैठकमा किसान अधिकार, कृषि उत्पादनको उचित मूल्य तथा चिनी उद्योगहरूको जवाफदेहिताबारे समेत छलफल भएको सहभागीहरूले बताएका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme