19.6 C
New York
Thursday, May 14, 2026

Buy now

spot_img
spot_img

नेपाल विद्युत् प्राधिकरणमा दुई नयाँ सञ्चालक नियुक्त, दीर्घायू श्रेष्ठ कामु कार्यकारी निर्देशक

- Advertisement -

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण को सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ ले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गर्नुभएको हो ।

नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अंशुकिरण शाही लाई सञ्चालक समितिमा समावेश गरिएको छ । त्यसैगरी, उपभोक्ताको तर्फबाट कृष्ण बसेल नियुक्त हुनुभएको छ । प्राधिकरणको सञ्चालक समितिमा उपभोक्तातर्फबाट दलित समुदायको प्रतिनिधित्व सम्भवतः पहिलोपटक भएको बताइएको छ ।

यस्तै, प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठ लाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी प्रदान गरेको छ । ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समितिको १०३०औँ बैठकले उक्त निर्णय गरेको हो ।

दीर्घायू कुमार श्रेष्ठ विगत २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा नेपाल विद्युत् प्राधिकरणमा सेवा प्रवेश गर्नुभएको थियो ।

काठमाडौं महानगरपालिका–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेशन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएको छ । ऊर्जा क्षेत्रको व्यवस्थापन, प्रसारण प्रणाली विस्तार तथा विद्युत् सेवा सुधारलाई निरन्तरता दिने अपेक्षासहित उहाँलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ ।

नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme