22.8 C
New York
Monday, June 8, 2026

Buy now

spot_img
spot_img

अवैध भन्सार छलीका सामानसहित कुखुरा, खाद्यान्न र लत्ताकपडा बरामद

- Advertisement -

२४ घण्टामा ६ लाख १७ हजारभन्दा बढी मूल्यका सामान नियन्त्रणमा

परासी, जेठ २५ – पश्चिम नवलपरासी प्रहरीले पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख १७ हजार ८० रुपैयाँ बराबरका विभिन्न सामान नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) का अनुसार जिल्ला तथा मातहत प्रहरी इकाइबाट खटिएको टोलीले चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटका मोटरसाइकल र स्कुटरसहित खाद्यान्न, लत्ताकपडा, किराना सामग्री, पशुपक्षी तथा कृषि सामग्री बरामद गरेको हो। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सरावल गाउँपालिका–२ भर्नीबाट भारततर्फबाट ल्याइएका चोको कुल्फी, फन मिल्क, ऊला खाजा र चुपाचपलगायत सामग्रीसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ। यस्तै रामग्राम नगरपालिका–१७ पचपेडेली र रामग्राम–१६ जमुनियाबाट दुईवटा मोटरसाइकलमा ल्याइँदै गरेका ११० केजीभन्दा बढी ब्रोइलर कुखुरा बरामद गरिएको छ।

पचपेडेली क्षेत्रबाट मैदा, चिनी, सुर्फ, टुथपेस्ट, गोलगप्पा, कोक, स्प्राइट र कुरकुरेलगायत दैनिक उपभोग्य सामग्री तथा रामग्राम–५ बाइपास क्षेत्रबाट स्कुटरसहित चिज बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी बर्दघाट नगरपालिका–४ टीसीएन चोक र वडा नं. १३ मझौनी चोकबाट यात्रुवाहक बस तथा अन्य सवारी साधन जाँचका क्रममा रेडिमेड कपडा, बेची माछा, मटरको दाल र खाने तेल बरामद गरिएको छ।

सरावल गाउँपालिका–७ भन्सार टोलबाट युरिया राख्ने बोरा, बाँसको बिँड तथा अन्य कृषि सामग्री, सरावल–१० सोनाकोटीबाट कपडाजन्य सामग्री र रामग्राम–१६ हर्दीबाट मोटरसाइकलमा ल्याइएका ब्रोइलर कुखुरा समेत नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले भन्सार छली तथा अवैध आयात–निर्यात नियन्त्रणका लागि सीमा क्षेत्र तथा मुख्य नाकाहरूमा निगरानी बढाइएको बताउँदै यस्ता गतिविधिविरुद्ध निरन्तर अभियान सञ्चालन भइरहेको जानकारी दिए।

प्रहरीले बरामद सबै सामान आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन महेशपुर भन्सार कार्यालयमा बुझाइएको जनाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme