33.8 C
New York
Wednesday, July 1, 2026

Buy now

spot_img
spot_img

कुमुदिनि इङ्लिस सेकेण्डरी विद्यालयद्वारा विद्यार्थी तथा शिक्षक सम्मान

spot_img
- Advertisement -

बर्दघाट, पश्चिम नवलपरासी।
पश्चिम नवलपरासीको बर्दघाटस्थित कुमुदिनी इङ्लिस सेकेण्डरी विद्यालयले एसईई तथा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी र विषयगत उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ।
विद्यालयले आयोजना गरेको कार्यक्रममा कक्षा १२ उत्तीर्ण ९३ जना, एसईई उत्तीर्ण ८७ जना गरी १८० विद्यार्थी तथा विषयगत उत्कृष्ट २१ जना शिक्षकलाई नगदसहित सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कमला शर्माले जानकारी दिनुभयो।
अध्यक्ष शर्माको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा कार्यालयका शाखा प्रमुख कमल अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले एसईईपछि विद्यार्थीलाई अनावश्यक रूपमा घरभन्दा टाढा अध्ययनका लागि पठाउन नहुने धारणा व्यक्त गर्नुभयो। दैनिक लामो दूरीको यात्रा गर्दा विद्यार्थी शारीरिक रूपमा थकित हुने र त्यसले अध्ययनमा नकारात्मक असर पर्ने भएकाले नजिकैका गुणस्तरीय विद्यालयमा अध्ययन गर्न उपयुक्त हुने उहाँको भनाइ थियो।
विद्यालयका प्रधानाध्यापक रेश्मीराज बस्यालले विद्यालयले मेहनत, अनुशासन, धैर्य, संघर्ष, विश्वास र सफलताको संस्कारलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले विद्यालयका संस्थापक तथा सञ्चालक धीरज शर्मा बस्याल ‘राष्ट्रिय शिक्षा सम्मान–२०८३’ बाट सम्मानित भएको जानकारी पनि दिनुभयो।
बर्दघाट नगरपालिकाका शिक्षा शाखा अधिकृत धनपति पौडेलले उच्च शिक्षाका लागि विषय छनोट गर्दा साथीको प्रभावभन्दा आफ्नै क्षमता, रुचि र पारिवारिक सल्लाहलाई प्राथमिकता दिन विद्यार्थीलाई सुझाव दिनुभयो।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कमला शर्माले कुमुदिनीले केवल शैक्षिक उपलब्धिमा मात्र नभई जीवनोपयोगी शिक्षा र विद्यार्थीको चौतर्फी विकासलाई केन्द्रमा राखेर शिक्षण गर्दै आएको बताउनुभयो।
कार्यक्रममा कक्षा १२ बाट सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नन्दिता केसीलाई नगद रु. १० हजार सहित सम्मान गरिएको थियो। त्यसैगरी, २०८२ सालमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई जनही रु. २० हजार नगद तथा सम्मानपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन माध्यमिक तह संयोजक केदार चौधरीले गर्नुभएको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme