24 C
New York
Saturday, May 16, 2026

Buy now

spot_img
spot_img

दाउन्नेदेवी माविद्वारा एसइई उत्तीर्ण विद्यार्थी तथा शिक्षक सम्मान

- Advertisement -

बर्दघाट,
दाउन्नेदेवी माध्यमिक विद्यालय बर्दघाटले एसइई परीक्षा–२०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा शिक्षक–कर्मचारीलाई बिहीबार एक कार्यक्रमबीच सम्मान गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तपचन्द्र प्रयासीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि निरन्तर लगानी गर्दै आएको बताउनुभयो । उहाँले नगरभित्रका अधिकांश सामुदायिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार ल्याएको उल्लेख गर्नुभयो ।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि एवं नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले विद्यार्थी आयाम पौडेलले फोर जिपिए ल्याउन सफल भएकोमा खुसी व्यक्त गर्दै विद्यालय परिवार, विद्यार्थी र अभिभावकलाई बधाई दिनुभयो । उहाँले शिक्षालाई प्रभावकारी बनाउन नसकेसम्म भौतिक विकासले मात्र नगरको समृद्धि सम्भव नहुने धारणा राख्दै नगरपालिकाले शिक्षा क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तपचन्द्र प्रयासीले बर्दघाट नगरभित्र रहेका ११ वटा सामुदायिक विद्यालयमध्ये एसइई परीक्षा–२०८२ मा दाउन्नेदेवी माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भएको जानकारी दिनुभयो । उहाँले फोर जिपिएसहित ४४ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएकोमा शिक्षक, विद्यार्थी तथा अभिभावकप्रति धन्यवाद व्यक्त गर्नुभयो

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme