9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

श्रावण महिना भरि श्रीएकाम्बरेश्वर महादेव मन्दिरमा विशेष पूजा कार्यक्रम सुरु

- Advertisement -

शाश्वतधाम, नवलपरासी —
श्रावण महिनाको अवसर पारेर शाश्वतधामस्थित श्रीएकाम्बरेश्वर महादेव मन्दिरमा प्रत्येक वर्षझैं यस वर्ष पनि विशेष धार्मिक पूजा कार्यक्रमहरूको आयोजना गरिएको छ। मन्दिर प्रशासनले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उक्त कार्यक्रमहरूमा सहभागी भई पुण्य लाभ लिन हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम अनुसार:
🔸 प्रत्येक सोमबार १०८ शिवलिङ्ग परिसरमा विशेष रुद्री पूजा गरिनेछ।
🔸 प्रत्येक दिन बिहान ८ बजे देखि दिउँसो ५:३० बजे सम्म संध्याकालीन सत्राम्बिक पूजन हुनेछ।
🔸 प्रत्येक सोमबार बेलुकी ५:३० बजे विशेष श्रृंगार आरती गरिनेछ।
🔸 प्रत्येक सोमबार दिउँसो ३ बजे देखि विशेष भजन-कीर्तन कार्यक्रम हुनेछ।
🔸 अन्तिम सोमबार हरियाली श्रृंगार दर्शनको व्यवस्था हुनेछ।
🔸 जनैपूर्णिमाको अवसरमा पनि श्रावणी पूजा तथा जनेउ परिवर्तन (जनेउ फेर्ने) कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रमको विविधता र भक्तिभावपूर्ण वातावरणका कारण यस धार्मिक स्थलमा प्रत्येक वर्ष हजारौँ भक्तजनहरूको उपस्थिति रहने गरेको छ। श्रद्धालुहरूले विशेष कार्यक्रमहरूको भाग लिनुका साथै धार्मिक अनुभूति र आध्यात्मिक शान्तिको अनुभव गर्न सक्नेछन्।
🕉️ धर्म र संस्कृतिको संरक्षणमा हाम्रो साथ!

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme