13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

टंक प्रसाद अचार्य जन्मघर जिर्ण अवस्थामै, संरक्षण र संवर्द्धनकाे पर्खाइमा

- Advertisement -


✍ वृजराज कुशवाहा
(सामाजिक चिन्तक तथा शैक्षिक अभियन्ता)
नवलपरासी पश्चिम — देशको पहिलो आम जनताबाट चयनित प्रधानमन्त्री एवं प्रखर राष्ट्रवादी नेता श्री टंक प्रसाद आचार्यको जन्मघर हाल जिर्ण अवस्थामा छ, तर यस ऐतिहासिक घरको संरक्षण र संवर्द्धनमा कसैको ध्यान छैन।


नवलपरासी पश्चिमको सदरमुकाम परासीस्थित मालपोत कार्यालय परिसरभित्र रहेको यो घरमा सन १९१२ फेब्रुअरी ११ मा टंक प्रसाद आचार्यको जन्म भएको थियो। नेपालको राजनीतिक इतिहासमा विशिष्ट योगदान पुर्‍याएका अचार्यले सन् १९३६ मा राणा शासनविरुद्ध ‘नेपाल प्रजा परिषद्’ नामक पहिलो राजनीतिक पार्टीको स्थापना गरेका थिए।
राणा शासनको क्रूरताको चपेटामा परी प्रजा परिषद्का पाँचमध्ये चार जना नेताहरूलाई फाँसीको सजाय दिइयो भने, टंक प्रसाद अचार्य ब्राह्मण भएकै कारण फाँसीबाट बचे र दीर्घकालीन कारावास भोगे।
पछि उनले नेपाली कांग्रेसको अध्यक्षता पनि सम्हाले (१९४७ तिर) र @१९५६ जनवरी २७ मा सर्वसाधारण जनताको समर्थनमा प्रधानमन्त्री बन्ने पहिलो नागरिक हुने गौरव प्राप्त गरे।
तर आज, यस्तो राष्ट्रनायकको जन्मथलो सरकारी बेवास्ताको कारण जीर्ण भएर ढल्नै लागेको छ। मालपोत कार्यालयको भित्रै रहेकाले सर्वसाधारणले समेत यो स्थलको अवलोकन गर्न पाउँदैनन्।
स्थानीय सरोकारवालाको मौनता
यो ऐतिहासिक सम्पत्तिको संरक्षणका लागि जिम्मेवार बन्नुपर्ने निकायहरूमध्ये:
रामग्राम नगरपालिका
संघीय तथा प्रदेश सांसदहरू
पुरातत्त्व विभाग
टंक प्रसाद स्मृति प्रतिष्ठान
जस्ता संस्थाहरूको ध्यानाकर्षण हुन सकेको छैन।
विशेष गरी नेपाली कांग्रेस पार्टीका लागि टंक प्रसाद अचार्य केवल संस्थापक नेता मात्र होइनन्, प्रेरणाका स्रोत हुन्। तर पार्टीभित्र देखिएको गुटीयता, कार्यकर्ताको उपेक्षा, र राष्ट्रवादी मूल्यको गिरावटले गर्दा यो ऐतिहासिक सम्पदा उपेक्षित बन्दै गएको छ।
संरक्षण अभियानको आवश्यकता
यस स्थानलाई:
ऐतिहासिक स्मारक घोषणा गरिनु,
संग्रहालय निर्माण गरिनु,
पुरातात्त्विक रुपमा सुरक्षित राखिनु,
शैक्षिक भ्रमणस्थलको रूपमा विकास गरिनु अति आवश्यक छ।
इतिहास बनाउने नेतृत्वलाई बिर्सने हो भने राष्ट्र आफ्नै पहिचान गुमाउँछ।
यति ठूलो योगदान दिने नेताको जन्मथलो सधैँको लागि नाश नहोस्, अब पनि राज्य र समाज सचेत होस् भन्ने अपेक्षा गरिएको छ।
📌 सम्बन्धित निकायहरूलाई हाम्रो स्पष्ट अपिल — टंक प्रसादको जन्मघर संरक्षण गरौं, इतिहास जोगाऔं।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme