रंजीत शर्मा
नवलपरासी, ३० पुस -पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १४ पर्ने अमरौटमा माघे संक्रान्तिको अवसरमा भव्य माघी खिचडी महोत्सवको आयोजना गरिएको छ।
“आपन धर्म आपन इमान; कला संकृति आपन पहिचान” भन्ने मुल नारा सहित संदेश प्रदान गर्दै नव वर्ष थारु सम्वत २६४६ को अवसरमा ८ औं माघी खिचडी महोत्सव-२०७८ एवम् सांकृतिक जगेर्ना कार्यक्रमको आयोजना गरिएको छ।
जय गुरुदेव कृषि सहकारी संस्था तथा अमरौट महिला बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना तथा क्रिस्टल मीडिया हबको मिडिया सहयाेग तथा रामग्राम नगरपालिका वडा नं १४ को कार्यालय अमरौटको सहयोगमा सञ्चालन गरीएको छ।
माघी खिचडी महोत्सव-२०७८ एक कार्यक्रम विच रामग्राम नगरपालिकाका नगर प्रमूख नरेन्द्र कुमार गुप्ताले उद्दघाटन गर्नु भएको छ।
थारु संकृतिलाई जीवित राख्न तथा थारु संकृति कलालाई सम्पूर्ण समाजलाई देखाउन हेतु यो कार्यकम विगत ८ वर्ष देखि आयोजना गर्दै आएको अमरौट महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले बताउनु भयो।
महोत्सव उद्दघाटन गर्दै नगर प्रमूख गुप्ताले भौतिक रुपान्तरण सहित सामाजिक रुपान्तरण अति आवश्यक रहेको बताउनु भएको छ। कुनै पनि धर्म सांस्कृति संरक्षण बिना भौतिक विकासले मात्र समाज रूपान्तरण हुन नसक्ने वताए। रामग्राम नगरपालिका भित्र सबै धर्म सांस्कृतिको संरक्षण गर्दै आएको हुनाले आगामी दिनमा पनि सबै मिली यस्ता सांकृतिकलाई भव्य र सभ्य बनाउनमा सहयोग गर्नु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि रम्भा कुँवरले कला र संस्कृतिलाई संरक्षण गरी देश र विदेशी पर्यटकहरूलाई आकर्षित गरी आय आर्जनको स्रोत बनाउन तर्फ जोड दिएका थिइन् ।
उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रामग्राम नगरपालिकाका उप प्रमुख रम्भा कुँवर,विशेष अतिथीको रूपमा १४ न. वार्डका वार्ड अध्यक्ष पारस नाथ चौधरी, अतिथिका रूपमा कार्यपालिका सदस्य चन्द्रकला न्यौपाने,रोशन साह,१४ वार्डका सदस्यहरु,नेपाल मुस्लिम संघ नवलपरासीका उप-सभापति बद्री आलम,थारू समाज नवलपरासीका अध्यक्ष ओम प्रकास चौधरी पत्रकार रंजीत शर्मा, राज चौधरी, ज्ञानेश्वर साहनी, समाज सेवी सतिस जयसवाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम रोशनी कुंवरले सञ्चालन गरेकी थिइन्।















