भारतीय सीमा क्षेत्रमा सडक निर्माण, डुबानको जोखिम बढ्दै

21

सहबान अन्सारी

नवलपरासी दशागजा नजिकै भारतिय सिमाक्षेत्रमा भारत सरकारले नयाँ सडकको निर्माणले गर्दा नेपाली भूमी डुबानमा पर्ने सम्भावना देखिएको छ ।

निर्माण कार्य करिब एक सय मिटर टाढा निर्माण भईरहेको हुदाँ गुठी परसौनी, बैदौली, कठहवा, सुर्यपुरा, पिपरपाती, श्रीरामपुर लगायत दर्जनौ गाउँ ठुबानमा पर्ने स्थानिय कन्हैया कुमार हरिजनले बताए ।

भारत सरकारले सिमा सुरक्षा सडक (बि.आर.ओ.) योजना अन्तर्गत पुर्व देखी पश्चिम सम्म निर्माण गर्न लागेको ७ फिट उचाँई तथा ३० मिटर चौडाईको निर्माणाधिन सडकमा पानी निकाशको लागी पुल नहुदाँ स्थानिय चिन्तित भएका छन ।
बाढी प्रभावित क्षेत्र भएको हुदाँ निर्माणधिन सडकमा पानीको निकाश गर्नु पर्ने नेपाल सरकार तथा सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी देखिन्छ ।

उक्त निर्माधाधिन सडकमा पानीको निकाश बनाउनकोलागी स्थानियहरुले भारतको उत्तर प्रदेश मुख्यमन्त्री कार्यालयलाई पत्राचार समेत गरेका छन ।