24.6 C
New York
Sunday, August 2, 2026

Buy now

spot_img
spot_img

सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही गर्न कुशवाहा समाजको माग

spot_img
- Advertisement -

सुनसरी घटनापछि कुशवाहा समाजको ज्ञापनपत्र, दोषीमाथि कडा कारबाहीको माग

विराटनगर, साउन २८ – नेपाल कुशवाहा कल्याण समाज, जिल्ला कार्य समिति मोरङले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ मा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

समाजका जिल्ला अध्यक्ष मञ्जय कुमार सिंहको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको ज्ञापनपत्रमा साउन २६ गते राति भएको घटनाले सम्पूर्ण कुशवाहा समुदायलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, अनुसन्धान प्रक्रिया शीघ्र अघि बढाउन, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र सुरक्षा उपलब्ध गराउन तथा घटनामा संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।

त्यस्तै, घटनाको वास्तविक कारण, पृष्ठभूमि तथा सम्भावित लापरबाहीबारे विस्तृत अनुसन्धान गर्न, यस्ता घटना पुनः दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न पनि समाजले सरकारसँग आग्रह गरेको छ।

नेपाल कुशवाहा कल्याण समाजले सामाजिक एकता, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आह्वान गर्दै कानुनी शासनको प्रत्याभूति हुने गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन सरकारसँग अनुरोध गरेको छ।

ज्ञापनपत्रको बोधार्थ गृह मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोगलाई समेत पठाइएको विज्ञप्तिमा उल्लेख छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme