नवलपरासी सीमाबाट १ लाख ११ हजार बराबरको जडिबुटी बरामद 

24

नवलपरासी, ७ माघ ।

अपडेटः

नवलपरासीकाे सरावल गा.पा. -७ भन्सार टोल स्थितमा रहेको शाही ट्रेडर्स कवाड संकलन स्टलमा चेकजाँच गर्दा उक्त कवाड संकलन स्टलमा लुकाई छिपाई राखेको अवस्थामा १ सय ५१  बोरा जडिबुटी प्रहरीले बरामद गरी कार्वाही चलाएकाे छ ।

बरामद गरिएकाे ४ हजार ४ सय ५० के.जी.  झ्याउ नामको जडिबुटी थप अनुसन्धानका लागि जिल्ला बन डिभिजन कार्यालय नवलपरासीमा बुझाईएको छ ।

उक्त जडिबुटीको अन्दाजी मुल्य १ लाख ११ हजार २ सय ५० रुपैयाँ बराबर रहेको छ ।

उक्त जडिबुटी कारोबारमा संलग्नको खोजतलास भैरहेको छ । गोप्य सुचनाको आधारमा प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले कार्वाही चलाएकाे प्रहरी नायब उपरिक्षक प्रेम बहादुर शाहीले बताए ।