काेयकाकाे सहयाेगमा सहमति संस्थाले गर्याे ३६ लाख ८४ हजार बराबरको कृषि ओैंजार हस्तान्तरण

39

नवलपरासी

जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं.६ गुठी प्रसाैनीमा धेरै नै पुरानाे नाैलाे बिहान बहुमुखी सहकारी संस्थालाई काेयकाकाे सहयाेगमा सहमति संस्थाले गर्याे ३६ लाख ८४ हजार बराबरको कृषि ओैंजार हस्तान्तरण गरेपछि कृषकमा खुशियाली छाएकाे छ ।

काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजनाबाट ट्रयाक्टर १ थान, ल्यान्ड लेजर लेवलर १ थान, राेटाभेटर १ थान, ट्रयाक्टर ट्राली १ थान, डिस्क हैराे १ थान, पावर ट्रिलर ४ थान, मल्टि थ्रेसर १ थान, धान गहु काट्ने रिपर ५ थान, मिनि ट्रिलर ६ थान, खाल्डो खन्ने मेसिन ५ थान, फर्टिलाइजर स्प्रेयर १५ थान र कल्टीभेटर १ थान गरि कुल ३६ लाख ८४ हजार ५ सय बराबरको कृषि यन्त्र हस्तान्तरण गरिएको हाे ।

त्यस्तै पहिलाे चरणमा रिपर ५ थान र मिनिटिर ६ थान गरि कुल १७ लाख ९२ हजार बराबरको कृषि यन्त्र हस्तान्तरण गरि सकिएकाे छ ।

समावेशी ग्रामीण विकास परियोजना नवलपरासी पश्चिम र नवलपरासी पुर्वमा २ वटा नगरपालिका, ४ वटा गाउँपालिका र १३ वडामा सन्चालित छ।

कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा प्रतापपुर गाउंपालिकाका कार्यवाहक अध्यक्ष चाैधरी, सहमतिकाे अध्यक्ष करुणा सागर सुवेदी, गुड नेवर्स इन्टरनेसनल नेपालकाे टिम लिडर लाेक बहादुर थारु, कृषि ज्ञान केन्द्र नवलपरासी प्रमुख देबेश कुमार मिश्रा, प्रतापपुर गाउँपालिका वडा नं.६ वडा अध्यक्ष रामहरि उपाध्याय, नेपाल पत्रकार महासंघ जिल्ला सल्लाहकार बृजराज कुश्वाहा, सहमति फाेकल परसन भिम प्रसाद शर्मा, नाैलाे बिहान बहुमुखी सहकारी संस्था उपाध्यक्ष दिनेश यादव, जिविकाेपार्जन बिज्ञ सुनिल दुलालले शुभकामना दिएका थिए ।

कार्यक्रमले कार्यक्षेत्र भित्रका विपन्न समुदायको अार्थिक विकास र जिविकाे पार्जन विकास गरि जीवन स्तर सुधार गर्न मद्दत पुग्ने अपेक्षा छ ।