स्थानीयद्वारा प्रहरी घेराउ, सडक अवरूद्ध, प्रहरीले अन्याय गरेकाे स्थानीयकाे आराेप

53

नवलपरासी, १४ बैशाख

प्रहरीले आत्महत्या गरेकाे भनेपछि आक्राेसित बनेका स्थानीयवासी न्यायकाे माग गर्दै शव सहित इलाका प्रहरी कार्यालय बेलाटारी घेराउ गरेका छन् ।

सयाैंकाे संख्यामा बेलाटारी पुगेका स्थानीयवासीले आत्महत्या नभइ युवककाे हत्या गरिएकाे भन्दै सत्यतथ्यका लागि न्यायिक छानबीन हुनुपर्ने दबाव दिएका छन् ।

प्रतापपुर गाउंपालिका वडा नं ५ धर्माैली का २३ वर्षे पंगुल कहांर भनिने काैलेश कहांर बैशाख १२ गते गाउं बाहिरकाे खेतमा मृत अवस्थामा फेला परेका थिए । उनी एक दिन अघि बैशाख ११ गते सनिवारदेखि सम्पर्क विहिन भएकाे पारिवारिक श्राेतले बताएकाे छ ।

घटना प्रकति हेर्दा युवकले सिसाैकाे रुखमा पासाे लगाई आत्महत्या गरेकाे प्रारम्भिक अनुमान रहेकाे र अनुसन्धान भईरहेकाे प्रहरी नायब उपरिक्षक तथा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता राजु लामाले बताए ।

आत्महत्या भनिएपछि आक्राेसित बनेका स्थानीयवासी त्रिवेणी बर्दघाट सडक प्रतापपुर पुलमा शव राखेर विहानदेखि यातायात अवरूद्ध पारेका छन् । स्थानीयवासीद्वारा युवककाे हत्या गरिएकाे दावी गरिएकाे छ ।

तनाव साम्य पार्न छलफल चलिरहेकाे इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी नीरिक्षक प्रकाश बहादुर सिंहले अनलाइनजनतालाइ जानकारी गराए।                          अपडेट: अनुसन्धानका लागि ५ सदस्यिय समिति गठन गरिएपछि शदगतका लागि परिवारले शव बुझेकाे छ । समितिमा वडाध्यक्ष  त्रिभुवन सिंह, मृतकका भाई सुरेश कहार, मामा किशुन कहार, त्रिवेणी पाल र रामायण गाेसाई रहेका छन्।