9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

सुनसरीको सप्तकोशी नदीमा नुहाउन गएका बालक बेपत्ता, खोजी कार्य जारी

- Advertisement -

इनरुवा, साउन ५ – सुनसरीको बराहक्षेत्र नगरपालिका–९, राजाबासस्थित सप्तकोशी नदीमा नुहाउन गएका एक ११ वर्षीय बालक बेपत्ता भएका छन्।

बेपत्ता बालक भोक्रहा नरसिंह गाउँपालिका–१ निवासी रामविलास मेहताका छोरा दीपेश मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

उनका अनुसार तीन जना साथीहरूसँग नदीमा नुहाउन गएका दीपेश मेहता नदीको भेलमा परेर बेपत्ता भएका हुन् भने उनका दुई साथी सकुशल बाहिर निस्किएका छन्।

दीपेशको खोजी कार्यमा हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा उद्दार प्रयास जारी राखेको छ। नदीमा पानीको बहाव तीव्र भएकाले खोजीमा कठिनाइ भए पनि सक्दो प्रयास भइरहेको जनाइएको छ।

स्थानीय बासिन्दाहरूले पनि खोजी कार्यमा सहयोग गरिरहेका छन्। घटनास्थलमा त्रास र चिन्ता व्याप्त छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme