9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

भैरहवा जाँदै गरेको युरिया मल लोड भएको ट्रक दाउन्नेको S मोडमा दुर्घटना

- Advertisement -

वृजराज कुशवाहा, नवलपरासी, दाउन्ने, साउन ५ गते – पूर्वबाट पश्चिमतर्फ भैरहवा जाँदै गरेको युरिया मल लोड गरिएको ट्रक आज बिहान दाउन्ने स्थित S मोडमा दुर्घटनामा परेको छ।

ना ८ ख ३०२३ नम्बरको सो ट्रकको ब्रेक फेल भएर अनियन्त्रित भई बिहान ठीक ११ बजे सडकको दाहिनेपट्टि दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

ट्रकमा युरिया मल लोड गरिएको थियो भने दुर्घटनाले अन्य सवारीसाधन तथा मानिसलाई तत्काल क्षति नपरेको प्रारम्भिक जानकारी छ। तर दुर्घटनाको कारण सडकको एकतर्फी सवारी अवरुद्ध भएको थियो।

दुर्घटना स्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाइएको छ। ट्रक चालकको स्वास्थ्य अवस्थाबारे हालसम्म विस्तृत विवरण प्राप्त भएको छैन।

सडक सुरक्षाको दृष्टिकोणले झ्याप झ्याप्ती मोड भएका क्षेत्रमा सवारी साधनले विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme