16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

लुम्बिनीमा गुम्बा–बिहारहरू बिद्युत अभावले पीडित, लुम्बिनी बिद्युत प्राधिकरणलाई सामूहिक डेलिगेशन

- Advertisement -

लुम्बिनी, श्रावण ९ — लुम्बिनी क्षेत्रका बौद्ध गुम्बा तथा बिहारहरू निरन्तर बिद्युत आपूर्तिमा देखिएको समस्याका कारण गम्भीर रूपमा प्रभावित भएका छन्। सोही विषयमा लुम्बिनीस्थित गुम्बा–बिहारहरूबाट लुम्बिनी बिद्युत प्राधिकरण शाखामा आज सामूहिक डेलिगेशन बुझाइएको छ।

बौद्ध धर्मावलम्बीहरूको प्रमुख धार्मिक स्थल मानिने लुम्बिनी क्षेत्रका दर्जनौं गुम्बाहरूमा प्राविधिक गडबडीका कारण बिद्युत आपूर्ति नियमित हुन सकेको छैन। लुम्बिनी विकास कोष र बिद्युत प्राधिकरण शाखाबीचको आपसी समन्वयको अभाव तथा मतभेदका कारण यस्तो अवस्था सिर्जना भएको हो।

सूत्रका अनुसार लुम्बिनी विकास कोषले बिद्युत प्राधिकरणको राय र सहमति नलिई करोडौं रुपैयाँको लागतमा अइसोलेटेड तार तथा पोलहरू जडान गरेको थियो। ती पोल तथा तार गुणस्तरहीन भएको र बारम्बार पडकिएर लाइन अवरुद्ध गरिरहने समस्या देखिएको छ। फलस्वरूप गुम्बा–बिहारहरू बिद्युतविहीन भएर दैनिक साधना, पूजापाठ तथा पर्यटक व्यवस्थापनमा समेत कठिनाइ भोगिरहेका छन्।

प्राधिकरण स्रोतका अनुसार अहिले लाइनमा ओभरलोड समस्या देखिएको छ र कतिपय स्थानमा नियमित कटौतीसमेत गर्नु परिरहेको छ। जबसम्म विकास कोषले जडान गरिएका पोल तथा तारहरू मर्मत तथा प्रतिस्थापन गर्दैन, तबसम्म बिद्युत सेवा नियमित रूपमा सञ्चालन गर्न नसकिने जनाएको छ।

गुम्बा–बिहारहरूबाट पटक–पटक लिखित गुनासो पठाउँदा पनि बेवास्ता भएको र अन्ततः आज सामूहिक रूपमा डेलिगेशन बुझाइएको हो। सो डेलिगेशनको प्रतिलिपि केन्द्रीय कार्यालयमा समेत पठाइएको र आवश्यक अनुमति प्राप्त भएपछि प्राधिकरणले सुधारको जिम्मेवारी लिने तयारी गरिरहेको बुझिएको छ।

लुम्बिनी विकास कोषभित्रको लापरवाही, भ्रष्टाचार तथा पदाधिकारीबीचको आन्तरिक मतभेदका कारण हाल कोषको बजेट समेत सरकारले कटौती गरेको स्रोतले जनाएको छ। त्यसैगरी, गुम्बा–बिहारहरूमा दैनिक कटौती भइरहेकाले समय–तालिकासहितको सेड्युल समेत प्राधिकरणमा बुझाइएको छ।

लुम्बिनी जस्तो धार्मिक तथा पर्यटकीय क्षेत्रको यस्तो संवेदनशील विषयमा सरकारको तुरुन्त ध्यान जानु जरुरी रहेको स्थानीयवासी तथा बौद्ध समुदायको भनाइ छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme