13.9 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

प्रतापपुर-६ मा उत्कृष्ट नतिजा हासिल गरेको मदरसा विद्यालयलाई सम्मान

- Advertisement -

अनलाइन जनता संवाददाता, नवलपरासी

श्रावण ७, रामग्राम — मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवछको आयोजनामा सञ्चालित एक विशेष कार्यक्रममा प्रतापपुर गाउँपालिका–६, हरपुरस्थित मदरसा मदीनतुल ओलुम माध्यमिक विद्यालयलाई सम्मान गरिएको छ।

कार्यक्रममा विद्यालयले कक्षा १० को एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेकोमा विद्यालय परिवारलाई बधाई तथा सम्मान प्रदान गरिएको हो। मदरसा सामुदायिक विद्यालयको रूपमा नमुना +2 मदरसाको मान्यता पाएको यस विद्यालयको सफलताले क्षेत्रीय शैक्षिक स्तरमा नयाँ उचाइ स्थापित गरेको छ।

कार्यक्रमको अध्यक्षता मदरसा प्रवर्द्धन सामाजिक केन्द्रका अध्यक्ष हैदर अली मोमिनले गर्नु भएको थियो भने प्रमुख अतिथि प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव हुनुहुन्थ्यो।

विशिष्ट अतिथिका रूपमा संस्था सल्लाहकार तथा पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खाँ, मदरसा मतलउल ओलुम दुम्रा (कपिलवस्तु) का संरक्षक मौलाना अब्दुल रहिम मदनी, मदरसा कुल्लीय सोमाईया लिलबनात, बुलाकडिहवा (कपिलवस्तु) का अध्यक्ष मौलाना निजामी सल्फी, मुस्लिम युवा समाजसेवी इमरान खान, मुस्लिम समाजसेवी करम हुसेन अन्सारी, मदरसा मदीनतुल ओलुमका अध्यक्ष साकिर अन्सारी र प्रधानाध्यापक अमिर आजमज्यूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक–शिक्षिका, विद्यार्थी, सामाजिक सल्लाहकार कार्यसमिति, साक्षी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, शिक्षा प्रेमी, तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रेरणा दिइएको आयोजकले जनाएका छन्।

— अनलाइन जनता न्यूज च्यानल

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme