25.3 C
New York
Tuesday, May 19, 2026

Buy now

spot_img
spot_img

उखु किसानको बक्यौता भुक्तानी गर्न चिनी मिल सहमत, किस्ताबन्दीमै भए पनि रकम उपलब्ध गराइने

- Advertisement -

बृजराज कुशवाहा, नवलपरासी । उखु किसानहरूको बक्यौता भुक्तानी सम्बन्धी समस्यालाई लिएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रोहबरमा भएको छलफलमा चिनी मिल सञ्चालक र किसान पक्षबीच विभिन्न ५ बुंदे सहमति भएको छ ।

बैठकले चालु आर्थिक वर्षका साथै विगतका आर्थिक वर्षहरू २०७९/८० र २०८०/८१ को समेत बाँकी बक्यौता रकम किस्ताबन्दीमै भए पनि किसानलाई भुक्तानी गर्ने निर्णय गरेको हो । सहमतिअनुसार चालु आर्थिक वर्षको उखु बिक्रीको रकम किसानलाई किस्ताबन्दीमा भए पनि प्राथमिकताका साथ भुक्तानी गरिनेछ ।

त्यसैगरी लुम्बिनी चिनी मिलले आर्थिक वर्ष २०७९/८० मा बाकी राखेकाे उखुकाे समर्थन मूल्य रू. २० प्रति क्विन्टलकाे दरले हुन आउने रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को रू. २५ काे दरकाे बाँकी बक्यौतामध्ये जेठ मसान्तसम्म ५ करोड ५० लाख रुपैयाँ भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।

असार मसान्तसम्म चालु सत्रकाे थप ८ करोड रुपैयाँ भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ । बाँकी रकमसमेत यथाशीघ्र उपलब्ध गराइने सहमति भएको छ ।

यस्तै, बागमती खाँडसारी चिनी मिलले चालु आर्थिक वर्षको सम्पूर्ण बक्यौता असार मसान्तभित्र भुक्तानी गर्ने तथा केही रकम बाँकी रहेमा साउन १५ गतेभित्र अनिवार्य रूपमा किसानलाई उपलब्ध गराउने जनाएको छ ।

बैठकमा बागमती खाँडसारी चिनी मिलको विगत आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को बाँकी बक्यौता रहेकाे समर्थन मूल्यमध्येको रकम भुक्तानी सम्बन्धमा यसअघि भएको सहमतिअनुसार रकम भुक्तानी गराउन सम्बन्धित मिल मालिकसँग समन्वय गर्ने निर्णयसमेत गरिएको छ ।

तत्व फार्मसँग सम्बन्धित बक्यौताका विषयमा उक्त फार्मले जेठ १० गतेभित्र बाँकी बक्यौता, भुक्तानी प्रक्रिया तथा समयावधिसहितको विस्तृत विवरण उपलब्ध गराउने सहमति जनाएको छ ।

उखु खेती प्रवर्द्धनका लागि जिल्लाको हावापानी र माटो सुहाउँदा उन्नत जातको उखु विस्तार गर्न आवश्यक अध्ययन तथा परीक्षण गर्ने सहमति पनि बैठकले गरेको छ ।

उखु किसानहरूले लामो समयदेखि चिनी मिलहरूले समयमा भुक्तानी नगरेको भन्दै आन्दोलन गर्दै आएका छन् । पछिल्लो सहमतिपछि किसानहरूले अब व्यवहारिक कार्यान्वयनको अपेक्षा गरेका छन् ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme