संजय कुशवाहा / नवलपरासी, १६ भदौ
नवलपरासीकाे सुस्ता गाउँपालिका वडा नं. ५ पक्लिहवामा सोमबार दिउँसो सशस्त्र प्रहरीले ३३ हजार बराबरको कुखुरा बरामद गरेको छ।
भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बोर्डर अाउट पोष्ट गुठी परसौनीले सुस्ता गाउँपालिका वडा नं ५ पक्लिहवामा १ क्विन्टल ब्राेइलर कुखुरा बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीले बताए ।
प्रहरीलाइ देखेपछि भरतिय नम्बर प्लेटकाे मोटरसाइकल छाडेर भागेका थिए । बरामद गरिएको ब्राेइलर कुखुरालाई पशु क्वाराईटाईन, स्थानिय बासिन्दा तथा पत्रकारहरुको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमामा पटक पटक अवैध तवरकाे कुखुरा र कुखुराकाे चल्ला प्रहरीले बरामद गर्ने र कार्वाही चलाउने गरे पनि तस्करी नियन्त्रणा हुन सकेकाे छैन ।