सरावल गाउँपालिकाद्वारा सम्बाद किशोर किशोरीलाई मास्क, सेनिटाइजर र साबुन बितरण

10

उमेश बि.क / नवलपरासी,२० चैत

नवलपरासीको सरावल गाउँपालिकाद्वारा सम्बाद किशोर किशोरीलाई मास्क ,सेनिटाइजर , ग्लाेब्स र साबुन बितरण गरिएको छ।

हाल विश्वमै महामारीको रुपमा देखिएको कोरोना कोभिड १९ सङ्क्रमणबाट सुरक्षित गर्नका लागि सम्बाद किशोर किशोरीलाई मास्क ,सेनिटाइजर , ग्लाेब्स र साबुन ९०/९० थान वितरण गरिएको हाे।

स्ट्राेम फाउन्डेसन नेपालको आर्थिक सहयोगमा ए.बि. सी. नेपाल र सरावल गाउँपालिकाद्वारा संचालित सम्बाद कार्यक्रमका किशोर किशोरीहरु स्थानीयहरुको घर घरमा पुगी कोरोना भाइरसबाट बच्ने उपायहरु बारे घरका अभिभाबकहरुलाई सचेत गराइ रहेको अवस्थामा किशोरी किशोरीलाई काेराेनाबाट बच्नकाे लागि साे सामग्री बितरण गरिएको गाउँपालिका उपाध्यक्ष उत्तमा रायले जानकारी दिनुभएको छ ।

एकातिर देशमा लक् डाउनको अवस्था छ अर्को तिर यसको महामारीका कारण हरेक जनतामा त्रासको बातावरण छ l मान्छेहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन तर किशोर किशोरीहरुले सरावल गाउँपालिका वडा नं. ४,५ र ६ का स्थानीय जनतालाई प्रत्यक्ष रुपमा भेटि कोरोना भाइरसका लक्ष्यण र यसबाट बच्ने उपायहरु बारे सचेत गराइ रहेका छन् l

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले किशोर किशोरीहरुकाे कामकाे प्रशंसा गर्दै विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, हाच्छिउ गर्दा रुमालको प्रयोग गर्ने, रुमाल छैन भने बाहुला प्रयोग गर्ने, हात नधोई आफ्नो अनुहार नछुने, हात धुदा २० सेकेन्ड सम्म साबुन पानीले हात धुने, अस्वस्थ मानिसको नजिक नजाने, भिडभाडमा नजाने,सामाजिक दूरी कायम लगाएतकाे उपाय अपनाउन अाम जनसमुदायलाई अाग्रह गर्नु भएको छ।

नेपाल भारत खुल्ला नाका रहेको तथा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम राखेको छ । अहिलेको यो विसम परिस्तीथिमा सम्पुर्ण नागरिकलाई सचेत भई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

देशमा कोरोना भाइरसको त्रासले जनताहरु घरबाट बाहिर निस्कन डराई रहेकाछन् l यतिबेला सहरका हजारौ किशोर किशोरीहरु फेसबुक र माेबाइलमा व्यस्त छन् तर देशका दुर्गम ठाउका किशोर किशोरीहरु कोरोना भाइरसबाट कसरि समाजलाई बचाउन सकिन्छ भनेर घर घरमा गएर कोरोना भाइरसबारे सचेतना गराउदै हिडेकाछन् l यो उनीहरुको समाज र देश प्रतिको मोह हो l राष्ट्र र जनता प्रतिको मोह सबैमा हुन्छ नै तर मोह मात्र भएर हुदैन जब सम्म यसलाई ब्यबहारमा लागु गरिदैन l सरावल गाउँपालिकाका किशोर किशोरिहरुले रास्ट्र र जनता प्रतिको मोहलाई ब्यबहारमा उतारेका छन् र कठिन भन्दा कठिन परिस्थितिमा पनि समाजका लागि केहि न केहि सकारात्मक काम गर्न सकिन्छ र गर्नुपर्छ भनेर सचेत गराएका छन् l