18.8 C
New York
Saturday, May 23, 2026

Buy now

spot_img
spot_img

विद्यालयको बस वर्षौंदेखि थन्किएपछि विद्यार्थी मारमा, सञ्चालन कहिले?

- Advertisement -

परासी, नवलपरासी —

विगत लामो समयदेखि थन्किएका विद्यालयका बसहरू सञ्चालनमा नआउँदा विद्यार्थी र अभिभावक चिन्तित बनेका छन्। सनईस्थित शुकदेव माध्यमिक विद्यालयको बस मर्मत गरिएको झण्डै दुई महिना बितिसक्दा पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन।

विगत एक वर्षभन्दा बढी समयदेखि बन्द रहेको सो बस ६ नं. वडाबाट २ लाख ५० हजार रुपैयाँको बजेट विनियोजन गरेर २०८२ जेष्ठ १४ गते मर्मत गरिए पनि पुनः सञ्चालन नहुँदा प्रश्न उठेको छ—जिम्मेवार को?

यसैगरी, हरपुर माध्यमिक विद्यालयको बस समेत ८ महिनासम्म थन्किएर बसेको थियो। सो बसलाई सञ्चालनको विकल्प नखोजी परासीस्थित आदर्श मा.वि.लाई हस्तान्तरण गरिएपछि जसपा, नेपाली कांग्रेस लगायत दलहरुले चर्को विरोध जनाएका थिए। तर अहिले पनि अवस्था जस्ताको तस्तै छ।

अब प्रश्न उठेको छ—बच्चाहरूको हकमा बेवास्ता गर्ने दोषी को?

  • पालिका?
  • वडा?
  • विद्यालय प्रशासन?
  • अभिभावक र समुदाय?

के अब पनि यो अवस्थालाई सामान्य ठानिने हो?

स्थानिय तह र विद्यालय व्यवस्थापन समितिले उत्तरदायित्व लिने कि लुकाउने? अभिभावक र स्थानीय समुदायले अब विद्यालय व्यवस्थापन समितिलाई कडा रूपमा जवाफदेही बनाउँदै बस तत्काल सञ्चालनमा ल्याउन दबाब दिनुपर्ने समय आएको छ।

अब के गर्न सकिन्छ?

१. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्यूले सार्वजनिक रूपमा स्पष्ट जवाफ दिनुपर्छ—बस सञ्चालनमा किन ढिलाइ?
२. मर्मत भइसकेको बस तत्काल विद्यालय प्रशासनको जिम्मामा सञ्चालन गर्नुपर्छ।
३. पालिका र वडा कार्यालयले अनुगमन र सहजीकरण गर्नुपर्छ।
४. आवश्यक परे सञ्चालनका लागि सामुदायिक सहयोग वा अभिभावक बैठक आयोजना गरी दीर्घकालीन समाधान खोजिनुपर्छ।

विद्यार्थीहरूको सुविधा र शिक्षामा कुनै सम्झौता हुन नदिऔं। शिक्षा सुलभ बनाउन थन्किएको बस चलाउन अब ढिलो नगरौं।

(नवलपरासी संवाददाता / Online Khabar Desk)

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme