16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

बर्दघाट नगरपालिकामा जनप्रतिनिधिबीच विवाद चुलियो, १२ वडाध्यक्षको आन्दोलनको चेतावनी

- Advertisement -

नवलपरासी । बर्दघाट नगरपालिका भित्र जनप्रतिनिधिहरूबीचको विवाद तीव्र बनेको छ। नगरप्रमुख शम्भुलाल श्रेष्ठले विषयगत समिति विघटन गरेपछि सुरु भएको असहमति अहिले कर्मचारी सरुवालाई लिएर झनै चर्किएको छ।

वडा नम्बर १, २, ३ र ५ बाहेकका १२ वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै आफूहरूलाई जानकारी नदिई ९ जना स्वास्थ्यकर्मीहरूको सरुवा गरिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले निर्णय फिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।

वडाध्यक्षहरूको भनाइमा नगर प्रमुख र उपप्रमुखले रातारात निर्णय लिँदा आफूहरूको अपमान भएको छ। नगरप्रमुखले भने अधिकांश निर्णय छलफलबाटै टुंगिएको दाबी गर्नुभएको छ। प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले प्रक्रिया विधिसम्मत रहेको बताए पनि वडाध्यक्षहरू असन्तुष्ट छन्।

उपप्रमुख रुद्रप्रकाश उपाध्यायको भूमिकाप्रति पनि केही वडाध्यक्षहरूले असन्तुष्टि जनाएका छन्। शक्ति सन्तुलन कमजोर बन्दै गएको संकेत देखिँदै जाँदा गठबन्धन नेतृत्व भने मौन देखिएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme