11 C
New York
Saturday, April 11, 2026

Buy now

spot_img
spot_img

लागुऔषधसहित ३ जना पक्राउ, ठूलो मात्रामा इन्जेक्सन बरामद

- Advertisement -

नवलपरासी (पश्चिम), — नेपाल प्रहरीले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा लागुऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार २०८२ फागुन १० गते दिउँसो करिब ४:०० बजे सुनवल नगरपालिका–११ स्थित हर्कटा पुल नजिक चेकजाँचका क्रममा शंकास्पद मोटरसाइकललाई रोकेर जाँच गर्दा लागुऔषध फेला परेको हो।

प्रहरीले UP 56 AX 8106 नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ बस्ने २६ वर्षीय सुनिल कुमार यादव र सोही ठाउँका ३५ वर्षीय जिनेद जैसवाल रहेका छन्। उनीहरूको साथबाट प्लास्टिकको झोलाभित्र लुकाएर ल्याइएको अवस्थामा Buprenorphine, Diazepam र Phenergan इन्जेक्सन बरामद गरिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानका क्रममा रामग्राम नगरपालिका–१७ बस्ने ४१ वर्षीय लक्ष्मीचन्द्र केवटको घरमा समेत छापा मार्दा थप लागुऔषध फेला परेको छ। प्रहरीले उनको कोठाबाट पनि उल्लेखनीय मात्रामा इन्जेक्सन बरामद गरेको जनाएको छ।

बरामद लागुऔषध विवरण:

  • Buprenorphine: ३३६ एम्पुल
  • Diazepam: ६३४ एम्पुल
  • Phenergan: ७०८ एम्पुल
  • जम्मा: १६८८ एम्पुल

साथै, प्रयोग गरिएको TVS Apache 160 मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

नवलपरासी प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme