नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध

13

उमेश बि.क / नवलपरासी , १३ चैत

विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९)काे प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा नेपाल उच्च जोखिमको सुचिमा रहेकोले पश्चिम नवलपरासीको बिभिन्न गाउँटाेलमा अपरिचित ब्यक्ति प्रबेश निशेध गरिएको छ।

कोरानाबाट बच्नका लागि सरकारले देशभर लकडाउन गरेपछि देशका अधिकांश सहर सुनसान देखिएको छ। गाउँघरका स्थानीयले लक डाउनलाई गम्भिर रुपमा नलिएपछि नवलपरासीका विभिन्न गाउँ टाेलका युवाले सडक नै बन्द गरेका छन् । ‘लक डाउनको पालना गरौं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने पाेस्टर ब्यानरसहित
सरावल गाउँपालिका वडा नं.२ मनरी गाउँका युवाहरुद्धारा अपरिचित व्यक्तिलाई प्रवेश निषेध सहित गाउँ प्रवेश नाकाहरुमा तारवार सहित वाटाे बन्द गरिएकाे सुशान्त शर्माले जानकारी दिनुभएको छ।

युवाहरुद्धारा अपरिचित व्यक्तिलाई प्रवेश निषेधमा सरावल गाउँपालिका वडा नं. २ अहिराैलि, मनरी हेल्थपाेस्ट अगाडि , मनरी गाउँ ,बासा जाने बाटाे ,परासी जाने बाटाे लगाएतकाे बाटाेमा तारवार सहित वाटाे बन्द गरिएकाे छ ।

त्यस्तै जभाभावी सवारी चलाउने र गाउँ बाहिरका मानिसहरुको चहलपहल बढेपछि सुस्ता गाउँपालिका ३ रेवारेता तथा सुस्ता गाउँपालिका वडा नं. ५ मा अवस्थित शिवशक्ति युवा क्लब सकरदिनहीकाे युवाहरुद्धारा अपरिचित व्यक्तिलाई प्रवेश निषेध भाटा तेर्साएर तारवार सहित वाटाे गरिएको छ।

विदेशबाट आएका आफन्तीलाई क्वारेन्टाइनमा पठाउने र जनचेतना जगाउने काम सडक नै बन्द गरेपछि सवारीसाधन सञ्चालन हुँदैन् ।’ जिल्लाको विभिन्न स्थानमा युवाहरुले घर भित्र बस्न, सरकारको आहृानको पालना गर्न र रोगबारे जनचेतना जगाउन लागि परेका हुन् ।

काेराेनाकाे कहरबाट वचन तथा अपरिचित ब्यक्तिकाे लागि गाउँमा प्रबेशकाे लागि चालिएको याे कदम केहि सकारात्मक देखिए पनि बिरामी परेको ब्यक्तिलाई अस्पताल पुर्याउन तथा एम्बुलेन्स अावतजावतमा याे ठुलाे बाधा बनेकाे तिलाैलिबासी जितेन्द्र हरिजनले अाप्पति ब्यक्त गर्नुभएको छ।