संजय कुशवाहा / नवलपरासी
जिल्लाकाे पकलिहवा, गुठिप्रसाैनी, बसहिया, भुजहवा, महेशपुर र गेर्मी लगायतका नाकाबाट मरिच, सुपाडी, लत्ताकपडा, नेपाली सेतो केराउ बेराेकटाेक नेपाल भित्रिदै आएकाे छ ।
बुधवार राती भारतबाट नेपाल भित्रयाउदै गरेकाे अवस्थामा सीमामा जंगली बंदेल फेला परेकाे छ । भारतीय जंगलमा िसकार गरी नेपालमा बेच्नका लागि ल्याउदै गरेकाे अवस्थामा प्रतापपुर गाउपालिकाकाे वडा नं. ५ बसहिया नाकाबाट सशस्त्र प्रहरी बोडर आउट पोष्टले जिउंदाे ६ वटा बदेल अर्थात ७ क्विन्टल नियन्त्रणमा लिएकाे छ ।
सीमामा प्रहरी अधिकारी सरूवा भै नयां अाउने बित्तिकै पक्राउ परेकाे अवस्था छ । स्थानीय भन्छन् लाइन मिलेन भने पक्राउ पर्ने गर्छ तर केही समय पछि फेरी पक्रने क्रम सेलाएर जान्छ । नयां अधिकार सरूवा भै अाउना साथ सक्रिय बन्दै गएकाे सशस्त्र प्रहरी मोबाईल गस्तीटोलीले सफलता हात पारेकाे हाे ।
रातीकाे अवस्थामा प्रहरीलाई देखेपछि तस्करहरु बंदेल (बंगुर) छोडेर भागेकाे सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीले बताउनु भयाे । नियन्त्रणमा लिइएकाे साे बंगुर आज हरियाली समुदाईक वन बासाबसहिलाई पठाएको छ ।
गस्तीटाेलीले भारतबाट ठेलामा बंगुर लोड गरी नेपाल भित्र्याउदै गर्दा नियन्त्रणमा लिन सफल भएकाे हाे ।