परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ बेलारीबाट प्रहरीले अवैध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ५२ वर्षीय तारा बहादुर क्षेत्री रहेका छन्।
इलाका प्रहरी कार्यालय सुनवलका अनुसार क्षेत्रीले आफ्नै घरमा सञ्चालन गरेको “पर्वत धौलागिरी होटल एण्ड रेष्टुरेन्ट” मा लागुऔषध गाँजाको बेचबिखन तथा ओसारपसार गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो।
मिति २०८३ वैशाख २८ गते दिउँसो करिब १ बजे गरिएको खानतलासीका क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा कुल २ किलो २० मिलिग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजासहित क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। यस सम्बन्धमा जिल्ला अदालत नवलपरासीबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ।
















