काठमाडौँ । बालेन शाह नेतृत्वको नयाँ सरकार गठन भएको छ। रामचन्द्र पौडेलले शुक्रबार शाहलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्री शाहले आजै शपथ ग्रहण गर्दै पदभार सम्हाल्ने कार्यक्रम रहेको छ।
नयाँ सरकार १५ सदस्यीय मन्त्रिमण्डलका रूपमा गठन हुने जनाइएको छ। संविधानअनुसार २५ सदस्यीय मन्त्रिमण्डल बनाउन सकिने भए पनि मन्त्रालय संख्या घटाएर सानो र चुस्त सरकार बनाउने नीति अनुसार १५ मा सीमित गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रतिबद्धतामै मन्त्रालय संख्या घटाउने घोषणा गरेको थियो।
को–को बने मन्त्री?
नयाँ मन्त्रिमण्डलमा प्रधानमन्त्री शाहसहित निम्न नेताहरू समावेश छन्:
- श्री वालेन्द्र शाह
प्रधानमन्त्री
रक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति
2. डा. स्वर्णिम वाग्ले मन्त्री
अर्थ
3. श्री सुधन गुरुङ
मन्त्री
गृह
4.श्री शिशिर खनाल
मन्त्री
परराष्ट्र
5.श्री सुनिल लम्साल
मन्त्री
भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास
6.श्री विराज भक्त श्रेष्ठ
मन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइ
7.श्री खडक राज पौडेल
मन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
8.श्री सस्मित पोखरेल
मन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद
9.श्री निशा मेहता
मन्त्री
स्वास्थ्य तथा जनसङ्ख्या; खानेपानी
10.डा. विक्रम तिमिल्सिना
मन्त्री
सञ्चार तथा सूचना प्रविधि
11.श्री प्रतिभा रावल
मन्त्री
सङ्घीय मामिला तथा सामान्य प्रशासन;भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
12.श्री सोविता गौतम
मन्त्री
कानून, न्याय तथा संसदीय मामिला
13.श्री गीता चौधरी
मन्त्री
कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरण
14.श्री दिपक कुमार साह
मन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षा
15.श्री सीता बादी
मन्त्री
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
सरकार गठनसँगै अब नयाँ नेतृत्वले सुशासन, आर्थिक सुधार र सेवा प्रवाहमा सुधार गर्ने अपेक्षा गरिएको छ।















