16 C
New York
Thursday, May 14, 2026

Buy now

spot_img
spot_img

पार्टी सचिव धिरज शर्मा बस्यालको राजीनामा घोषणा

- Advertisement -

बर्दघाट, ३० वैशाख२०८३
पश्चिम नवलपरासी नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटीका सचिव धिरज शर्मा बस्यालले पार्टीको साधारण सदस्यता तथा आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । उनले जिल्ला कमिटीलाई सम्बोधन गर्दै पार्टी सदस्यता त्याग गरेको जानकारी गराएका हुन् ।
बस्यालले दिएको निवेदनमा आफू लामो समयदेखि पार्टीको विचार, सिद्धान्त, संगठन तथा आन्दोलनप्रति समर्पित भएर विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छन् । पार्टी निर्माण, संगठन विस्तार, जनताको हकहितको संघर्ष तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो महत्वपूर्ण समय समर्पण गरेको उनले स्मरण गरेका छन् ।
तर पछिल्लो समय पार्टीभित्र विकसित कार्यशैली, सिद्धान्त र व्यवहारबीच असन्तुलन देखिएको, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको तथा इमानदार कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुन नसकेको विषयप्रति आफू गम्भीर असहमत रहेको उनले बताएका छन् ।
पटक–पटक आफ्ना धारणा, सुझाव तथा असन्तुष्टि राख्दा पनि अपेक्षित सुधार र आत्मसमीक्षा हुन नसकेको अनुभूति भएपछि सदस्यता त्याग गर्ने निर्णयमा पुगेको बस्यालले उल्लेख गरेका छन् ।
उनको राजीनामापछि जिल्लाको राजनीतिक वृत्तमा विभिन्न चर्चा सुरु भएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme