भक्तपुरबाट चिनियाँ नागरिकसहित ८० जना पक्राउ

60

काठमाडौँ । भक्तपुरको सानोठिमीबाट प्रहरीले १ जना चिनियाँ नागरिकसहित ८० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिकले सञ्चालन गरेको सानोठिमी स्थित ‘कल सेन्टर’मा काम गर्ने नेपाली कर्मचारी छन् ।

सानोठिमीमा ३ तले घर भाडामा लिएर सञ्चालन गरिएको कल सेन्टरमार्फत मिटर ब्याजमा भारतीयलाई लगानी गर्ने गरेको अनुसन्धानबाट थाहा भएको भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।

नेपाली कर्मचारीलाई चिनियाँ नागरिकले १५ देखी २० हजार तलब दिएर जागिर दिएका थिए । भक्तपुरको कल सेन्टरबाट प्रहरीले ४८ वटा ल्यापटप र १४ वटा कम्प्यूटर डेस्कटप बरामद गरेको छ ।