सहबान अन्सारी
नवलपरासीमा प्रहरीले ९ लाख ३२ हजार ९ सय ५० मुल्य बराबरको अबैध स्याउ नियन्त्रणमा लिएको छ।
शनिवार प्रतापपुर गाउँपालिका वडा नं.२ गोपीगंज स्थितबाट दक्षिणतर्फ जादै गरेको लु १ ख ९८१७ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा ३९७ कार्टुन ७९४० केजी अबैध स्याउ ईलाका प्रहरी कार्यालय सेमरीबाट प्रहरी नायब निरिक्षक सहित र सशस्त्र प्रहरी निरिक्षक सहित खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको स्याउ सहित ट्रकलाई आवश्यक कारवाहीको लागी राजस्व अनुसंधान कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।















