रंजीत शर्मा
नवलपरासी, १३ फाल्गुन
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ०३ परसियामा सन्चालित श्री श्री १०८ श्री बिष्णु महायज्ञमा एक दलित छोरीको विवाह सम्पन भएको छ।
पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ बेलासपुर निवासी त्रिभूवन पटेलको अगुवाईमा सरावल गाउँपालिका वडा नं ४ गोबरहिया बस्ने श्री राजाराम हरिजनका सुपुत्र श्री राकेश हरिजनको शुभ बिवाह पाल्हिनदन गाउँपालिका वडा नम्बर ३ कुश्मा बस्ने बिनोद हरिजनको सुपुत्रि शशिकला हरिजनको विवाह सम्पन भएको छ।
श्री श्री १०८ श्री बिष्णु महायज्ञमा एक दलित परिवारको विवाहले महायज्ञमा गरिएको लगानी सफल भएको बताएका छन् । समाजसेवी तथा स्वास्थ्य कर्मी त्रिभुवन पटेलले फाल्गुन महिनाको ९ गते सम्पन भएको विवाहमा रु.५०,०००/- नगद तथा अन्य सामाग्री सहयाेग समेत गरेका छन्।
शुभ बिवाह ,कन्यादान त्रिभुवन पटेल,उनको श्रीमती इन्दु पटेलले गरेका थिए भने जन्ती बर्गलाई महायज्ञले खाना खुवाउन बस्ने ब्यवस्था मिलाएको थियो ।















