6.5 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा थप ५ जना फरार अभियुक्त पक्राउ

- Advertisement -

सहबान अन्सारी

नवलपरासीमा विभिन्न मुद्दामा फरार रहेका ५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालतबाट २०५६ सालदेखि २०७० सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले मंगलबार जानकारी दिइएको हो ।
प्रहरीका अनुसार बर्दघाट नगरपालिका,प्रतापपुर गाउँपालिका र सरावल गाऊपालिका अन्तर्गत जालसाजी मुद्दामा २ जना सवारी ज्यान मुद्दामा १ जना र चोरी मुद्दामा १ जना फरार गरी ४ जनालाई ईलाका प्रहरी कार्यालय सेमरीले पक्राउ गरेको हो ।

यसैगरी कुटपिट मुद्दामा १ जनालाई प्रहरी चौकी गोबरहियाले पक्राउ गरेको हो ।
१ महिना ५ दिन कैद र ३१ हजार हजार ४ सय रुपैयाँ जरिवाना रहेको ५ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारवाही भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट मंसिर २८ गतेदेखि हालसम्म विभिन्न मुद्धाका १४८ जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme