पप्पु रेग्मी, बर्दघाट १० फागुन ॥
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं. २ चिसापानीमा मङ्गलबार छाला तथा यौन रोग सम्बन्धि नि:शुल्क १ दिने स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बर्दघाट नगरपालिका वार्ड नं. २ कि वार्ड अध्यक्ष दया दर्लामीको अध्यक्षतामा सन्चालन भएको शिविरमा देवदह मेडिकल कलेजका छाला तथा यौन रोग बिशेषज्ञ डा. बिक्रम ज्ञवाली नेतृत्वको ३ जना बिशेषज्ञ डाक्टरहरुको टोली र चिसापानी अस्पतालका ८ जना प्राविधिक हरुद्धारा बिरामीहरूकाे स्वास्थ्य परिक्षण गरिएको थियो । सो अवसरमा बर्दघाट नगरपालिका वार्ड नं २,३ ,४ ,९ ,१० र ११ वार्डका करिब १०० जना विरामीहरूले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा परिक्षण गरिएको विरामीहरूलाई नि:शुल्क औषधी समेत वितरण गरिएको चिसापानी अस्पतालका जन स्वास्थ्य अधिकृत रमेश चन्द्र न्यौपानेले बताए । कार्यक्रम बर्दघाट नगरपालिका वार्ड नं. २ वार्ड कार्यालयको आयोजना तथा चिसापानी अस्पताल र देवदह मेडिकल कलेज भलुहीको प्राविधिक सहयोगमा छाला तथा यौन रोग सम्बन्धि १ दिने नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको थियाे ।
















