नवलपरासी, ७ माघ ।
अपडेटः
नवलपरासीकाे सरावल गा.पा. -७ भन्सार टोल स्थितमा रहेको शाही ट्रेडर्स कवाड संकलन स्टलमा चेकजाँच गर्दा उक्त कवाड संकलन स्टलमा लुकाई छिपाई राखेको अवस्थामा १ सय ५१ बोरा जडिबुटी प्रहरीले बरामद गरी कार्वाही चलाएकाे छ ।
बरामद गरिएकाे ४ हजार ४ सय ५० के.जी. झ्याउ नामको जडिबुटी थप अनुसन्धानका लागि जिल्ला बन डिभिजन कार्यालय नवलपरासीमा बुझाईएको छ ।
उक्त जडिबुटीको अन्दाजी मुल्य १ लाख ११ हजार २ सय ५० रुपैयाँ बराबर रहेको छ ।
उक्त जडिबुटी कारोबारमा संलग्नको खोजतलास भैरहेको छ । गोप्य सुचनाको आधारमा प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले कार्वाही चलाएकाे प्रहरी नायब उपरिक्षक प्रेम बहादुर शाहीले बताए ।





