12.4 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

भेरी अस्पतालको क्वाटरमा एउटै परिवारका चार जनाको रहस्यमय मृत्यु,

- Advertisement -

नेपालगञ्ज / नेपालगञ्जको भेरी अस्पताल परिसर भित्र रहेको क्वाटरमा सुतेका कालीकोट खांडचक्र-६ निवासी २३ बर्षिय धर्म प्रशाद भटटराई सहित ७ जना मध्य ४ जना बिहिबार बिहान मृत्यु अवस्थामा भेटिएका छन भने ३ जना बेहोसी अवस्थामा रहेका छन ।

भेरी अस्पतालको पश्चिम पट्टि परिसर भित्रै रहेको कर्णाली प्रदेश,सम्पर्क कार्यालयको नेपालगञ्ज स्थित मेडिकल स्टोरमा कार्यालय सहयोगीको रुपमा कार्यरत धर्म प्रशाद भटटराईको क्वाटरबाट विहिवार विहान कोही पनि नउठेपछी ढोका खोलेर हेर्दा धर्म प्रशाद भटटराई, निजको ३ महिनाको बच्चा इप्सन भटटराई, आमा ४५ बर्षिय कोकीला भटटराई, धर्म प्रशादको दिदि २७ वर्षीय दिदी नन्दकली भटराईको मृत्यु भएको अवस्थामा भेटिएका हुन ।

धर्म प्रशाद भटटराईको २४ वर्षीया श्रीमति सुशिला, ३ वर्षीय छोरा विवश र १८ वर्षिय भाइ नरेन्द्रको भेरी अस्पतालको आपतकालीन कक्षमा उपचार भईरहेको छ ।

घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय बांकेको प्राबिधिक तथा प्रशासनिक टिमले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुर सहितको टिमले अनुसन्धान गरिरहेको घटनास्थलमा पुग्नु भएका प्रहरी निरिक्षक खिम बहादुर घर्ति मगरले जानकारी दिनुभएको छ ।

भेरीको उक्त घटनामा जाडो बढे सगै आगो बालेर एकै कोठामा ७ जना सुतेकोमा धुवाँ ग्यास पोइजन भएर यसरी मृत्यू भएको आशंका पनि गरिएको छ भने यस्ता ग्यास पोइजन भएर मृत्यू भएको घटना यस अघि पनि सार्वजनिक हुदै आएका थिए ।

नेपालगञ्जको भेरी अस्पतलामा कार्यालय सहयोगीको रुपमा समेत कार्यरत धर्म प्रशाद भटटराई कर्णाली प्रदेश,सम्पर्क कार्यालय नेपालगञ्ज स्थित मेडिकल स्टोरको कर्मचारी रहेको भेरी अस्पतालले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme