माले, माल्दिभ्स — साफ च्याम्पियनसिप-२०२१ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा माल्दिभ्सलाई हराएको यो पहिलो पल्ट हो ।
उनले मैदानको मध्य भागबाट बल अगाडि बढाएर दुई प्रतिद्वन्द्वी खेलाडीलाई कटाएर गोल गरेका हुन् । यस नतिजापछि नेपालको तीन अंक भएको छ र बंगलादेशसँगै शीर्ष स्थानमा रहेको छ । दोस्रो हाफको सुरुआतदेखि नेपाल केही आक्रामक देखिएको थियो र अन्तत: यसले नतिजा पनि देखायो । खेलको ५९ औं मिनेटमा नेपालका लागि किरण लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए ।
इब्राहिम हसनको हेडलाई किरणले रोकेका थिए । यस्तै अञ्जन विष्टले ६५ औं मिनेटमा प्रहार गरेको बल शक्तिशाली रहेन र एउटा मौका गुमेको थियो । मालेस्थित नेसनल स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै टिमले निर्णायक सावित हुन सक्ने आक्रमण बुन्न सकेका थिएनन् ।





