२० भदाै, नवलपरासी
विद्युतकाे पाेलमा शर्ट सर्किट भइ आगलागी हुंदा प्रतापपुर गाउँपालिका वडा नं. ६ गुठी परसाैनी क्षेत्रमा आइतवार विहानदेखि विद्युत आपुर्ति भंग भएकाे छ ।
विद्युत आपुर्ति भंग हुंदा गुठी परसाैनी, माेतीपुर, कठहवा, हरपुर लगायतका गाउंमा आइतवार विहानदेखि विद्युत आपुर्ति हुन पाएकाे छैन । विद्युत आपुर्ति अवरूद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
जन जागृति मा. वि. गुठी परसाैनीकाे गेट नजिकैकाे पाेलमा तार शर्ट भइ आगलागी भएकाे स्थानीयले बताएका छन् । तारमा आगाे बलीरहेकाे र धुंवाकाे मुस्लाे देखिएपछि नेपाल विद्युत प्राधिकरण सुरजपुरालाइ खबर गरिएकाे छ ।





