26.1 C
New York
Thursday, June 25, 2026

Buy now

spot_img
spot_img

बर्दघाटको बजेट : पूर्वाधारदेखि युवा रोजगारीसम्म, ९२ करोड ९२ लाखको योजना सार्वजनिक

- Advertisement -

बर्दघाट ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९२ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरसभाको १८औँ अधिवेशनमा उपप्रमुख रुद्रप्रकाश उपाध्याय ले बजेट प्रस्तुत गर्नुभएकाे हो ।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ६१ करोड ६३ लाख ५० हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ ३१ करोड २८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाले आगामी वर्षको बजेटमा भौतिक पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्र लाई प्राथमिकतामा राखेको जनाएको छ । नगर क्षेत्रमा सडक, खानेपानी, कृषि प्रवर्द्धन तथा आधारभूत सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित बजेट विनियोजन गरिएको बताइएको छ ।
यसैगरी, नगर प्रमुखका १२ अभियान, युवा लक्षित “युवासँग उपमेयर” कार्यक्रम, स्वरोजगार प्रवर्द्धन तथा क्षमता विकासका विभिन्न कार्यक्रमका लागि समेत बजेट व्यवस्था गरिएको छ । युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने योजनालाई विशेष प्राथमिकता दिइएको नगरपालिकाको भनाइ छ ।
नगरपालिकाका अनुसार प्रस्तुत बजेटले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, विकास निर्माणका कार्यलाई तीव्रता दिने तथा स्थानीय तहको समग्र आर्थिक सामाजिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।
कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार गर्दै नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित ल्याइएको बजेट आगामी वर्षको विकासको आधार बन्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme