15.9 C
New York
Saturday, May 2, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा भीषण सवारी दुर्घटना : ३ जनाको मृत्यु, १५ जना घाइते

- Advertisement -

नवलपरासी, चैत १
नवलपरासीमा शनिबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

जिल्लाको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा आज बिहान करिब १ बजे तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिनुभयो।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम (बुटवलतर्फ) जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक, लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअप गाडी आपसमा ठोक्किएका हुन्। बस र ट्रकले पिकअपलाई ठक्कर दिएपछि दुवै सवारी करिब २ सय मिटर तल खसेका थिए।

दुर्घटनामा रोल्पा बागमाराका २५ वर्षीय गोबिन बुढाको मृत्यु भएको छ भने अन्य दुई जना करिब २५–२६ वर्षका पुरुषको सनाखत हुन सकेको छैन। मृतकहरूको शव पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी बस चालक रोल्पा माडीका २४ वर्षीय हिमाल घर्ती, सोही स्थानका १९ वर्षीय किरण पुन, परिवर्तन गाउँपालिका–४ का मरिचमान घर्ती घाइते भएका छन्। त्यस्तै रोल्पाकै ४८ वर्षीया सुशिला नेपाली, ५८ वर्षीय मोतिलाल डाँगी, ६२ वर्षीय झुपबहादुर घर्ती र ६२ वर्षीय तीर्थबहादुर पुन पनि घाइते भएका छन्।

अन्य घाइते हुनेमा ट्रक चालक बर्दिया बारबर्दिया नगरपालिका–७ का २४ वर्षीय सागर चौधरी, १९ वर्षीय जीवन चौधरी, कञ्चनपुर कृष्णपुर गाउँपालिका–६ का २८ वर्षीय लोकराज ओझा, काठमाडौंका २८ वर्षीय लक्ष्मी खत्री, दाङ घोराही–३ का ४९ वर्षीय खीमबहादुर नेपाली तथा एक अन्दाजी २५ वर्षीया अज्ञात महिला रहेका छन्।

मध्यम अवस्थाका घाइतेहरूको बुटवल सिटी अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी चितवन इच्छाकामना गाउँपालिका–१ का ३१ वर्षीय विशाल चेपाङ र पिकअप चालक रत्ननगर–चितवनका २९ वर्षीय आशिष गुरुङ सामान्य घाइते भएका छन्। उनीहरूको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme