11.6 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

प्रथम बर्दघाट एक्सपोः संस्कृति संरक्षणसँगै आर्थिकोपार्जन

- Advertisement -

बर्दघाट, १६ माघ, पश्चिम नवलपरासी।
उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा मंगलबार देखि सञ्चालन भइरहेको प्रथम बर्दघाट एक्सपो–२०८२ ले संस्कृति संरक्षणसँगै स्थानीय समुदायका लागि आर्थिकोपार्जनको अवसर सिर्जना गरेको छ।
एक्सपोमा थारु, गुरुङ र मगर जातिको पहिचान झल्कने परम्परागत घर, भेषभूषा, परिकार र सामग्री प्रदर्शनमा राखिएका छन्। थारु समुदायको तर्फबाट ब्रह्मबाबा सामाजिक विकास प्रतिष्ठान र सम्झना आमा समूहले थारु भान्साघर सञ्चालन गरेका छन्। थारू भान्छाघरमा  घोंगी, चिचर, माछा, ठेकुवा जस्ता परिकार बिक्री गरी आम्दानी भइरहेको छ। सम्झना आमा समूहकी अध्यक्ष रमिता चौधरीका अनुसार परम्परागत परिकार पस्केर आम्दानी गर्न एक्सपो सहयोगी बनेको बताउनुभयो ।

एक्सपाेमा नेपाल मगर संघ बर्दघाट नगर समितिले मगर जातिको पहिचान झल्कने पुरानो कुडुले घर र परम्परागत सामग्री प्रदर्शनमा राखिएको झम बहादुर सारु मगरले बताउनुभयो। सारू मगरले एक्सपाेमा बटुक, सेलरोटी, बंगुरको सेकुवा र भुटुवा जस्ताे विभिन्न स्वाद अनुसारको परिकार बिक्री भइरहेकाेले आमदानीकाे स्रोत भएको  बताउनुभयो ।
तमु प्ये ल्हुँ संघका जिल्ला अध्यक्ष वीरबहादुर गुरुङका अनुसार एक्सपोमा गुरुङ जातिको कला, संस्कृति र पहिचानलाई निरन्तरता दिनकालागि प्रयोग गर्ने सामग्री र खाने परिकार देखाएर नयाँ पुस्तालाई संस्कृतिप्रति जानकारी दिने उद्देश्य राखिएको बताउनुभयो ।
एक्पोमा सेलरोटि, घोगि, ठेकुवा, बटुक, बंगुरको मासुका परिकार जन्य स्थानिय उत्पादनलाई बजारीकरण तथा पहिचान दिन हरियालीनगर आमा समूह र सम्झना आमा समूह अग्रसर भएर लागेका छन् ।
यसैगरी,  स्थानिय महिलालाई रोजगारी तथा आर्थिको पार्जन गर्न अग्रसर रहेको दाऊन्ने देवी महिला बहुउद्देश्यीय सहकारी संस्था लि. बर्दघाटले महिला उद्यमीले तयार पारेका झोला लिएर एक्पोमा आएकाे संस्थाकाे अध्यक्ष देवी पाैडेलले जानकारी दिनुभयो ।
एक्सपोको घरेलु, पर्यटन तथा कृषि उत्पादन उपसमिति संयोजक खुमाकान्त न्यौपानेले जाति विशेषको संस्कृति र परिकारलाई प्रदर्शनसँगै शिक्षा र आम्दानीको माध्यम बनाउने लक्ष्य रहेको बताउनुभयो।
आजको सांगीतिक कार्यक्रममा स्थानीय गीत संगीत नृत्य तथा चर्चित कलाकारहरूको प्रस्तुति रहेको थियो भने भोलिका कार्यक्रम पनि निरन्तर सञ्चालन हुने माेहन सापकोटाले बताउनुभयो । एक्सपाे १३ माघ २०८२देखि २५ माघसम्म संचालन गरिने बरिस्ठ उपाध्यक्ष दिनेश न्याैपानेले जानकारी दिनुभयो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme