11.6 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

नेपाली उखु हुँदाहुँदै ब्राेकरको भारतीय उखु प्राथमिकतामा

- Advertisement -

नवलपरासीका किसान आक्रोशित, चुनावी मौनताप्रति नेतामाथि पनि प्रश्न

बृजराज कुशवाहा, नवलपरासी।
उखु काट्ने मुख्य सिजन चलिरहेकै बेला नवलपरासीका उखु किसान गम्भीर समस्यामा परेका छन्। सुनवलस्थित लुम्बिनी चिनी उद्योगले नेपाली किसानको उखु खरिदमा ढिलासुस्ती गर्दै ब्राेकरमार्फत भारतीय उखु खरिदलाई प्राथमिकता दिएको आरोप किसानहरूले लगाएका छन्।

किसानका अनुसार उद्योगले स्थानीय किसानको उखु किन्नु अघि नै ब्राेकरलाई सुविधा दिँदै भारतबाट उखु मगाउने गरेको छ। ती ब्राेकरहरूले दैनिक १५ देखि २० ट्रली उखु नेपाल–भारत सीमा क्षेत्र हुँदै उद्योगको गेटसम्म पुर्‍याउने गरेका छन्। तर नेपाली किसानले खेतबाट काटेर ल्याएको उखु भने हप्तौँदेखि खरिद केन्द्र अर्थात कांटामै थन्किएर सुकिरहेको अवस्था छ।

स्थानीय किसानले बताएअनुसार,
उद्योगले बसहिया गाउँमा सञ्चालनमा रहेको खरिद केन्द्रसमेत बन्द गरेपछि समस्या झनै चर्किएको हो। खेतबाट उखु काटिसकेपछि समयमै बिक्री गरी पैसा पाउने, खेत खाली गरेर अर्को बाली रोप्ने र घरखर्च चलाउने योजना किसानको हुन्छ। तर उद्योगको मनपरीले किसानको दैनिकी र खेती प्रणाली नै प्रभावित भएको उनीहरूको गुनासो छ।

किसानहरूको आरोप छ कि
उद्योगले ब्राेकरलाई भने दैनिक रूपमा भुक्तानी गर्ने गरेको छ भने किसानको उखु “पछि पनि किन्न पाइहाल्छ” भन्ने सोचमा बेवास्ता गरिएको छ। यसले उद्योग र ब्राेकरबीच साँठगाँठ भएको आशंका किसानले व्यक्त गरेका छन्।

आक्रोशित किसानहरूले
“पहिले नेपाली किसानको उखु किनियोस्, नेपाली उखु सकिएपछि मात्रै भारतीय उखु भित्र्याइयोस्” भन्ने स्पष्ट माग राखेका छन्। उनीहरूका अनुसार नेपाली किसानलाई हेप्ने र ब्राेकरलाई फाइदा दिने नीति स्वीकार्य छैन।

यता संसदिय चुनावको माहोल चलिरहे पनि
किसानको पक्षमा खुलेर बोल्ने कोही पनि राजनीतिक नेता अगाडि नआएकोप्रति किसानहरू निराश छन्। भोट माग्न आउने नेताहरू समस्या पर्दा मौन बसेको भन्दै किसानले उद्योगसँगै राजनीतिक नेतृत्वलाई पनि दोषी ठहर गरेका छन्।

नेपाली किसानको उखु हुँदाहुँदै
ब्राेकरमार्फत आयातित उखुलाई प्राथमिकता दिनु कति न्यायोचित हो ?
यसप्रति सम्बन्धित निकाय, उद्योग व्यवस्थापन र राजनीतिक नेतृत्वले तत्काल ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

– Online Janata

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme