11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

वडा स्तरीय बाल क्रिकेट प्रतियोगिता शुक्रबारदेखि बर्दघाट–७ मा सुरु हुँदै

- Advertisement -

बर्दघाट, १५ माघ ।
“बर्दघाट नगरपालिकाको चाहनाः शान्त, समृद्ध, समुन्नत र सुन्दर समाजको स्थापना” भन्ने मूल नाराका साथ वडा स्तरीय बाल क्रिकेट प्रतियोगिता–२०८२ आगामी शुक्रबारदेखि बर्दघाट नगरपालिका वडा नम्बर–७ मा सञ्चालन हुने भएको छ।
बर्दघाट नगरपालिका–७ नम्बर वडा कार्यालयको आयोजना तथा वडा स्तरीय बाल सञ्चालन समिति बर्दघाट–७ को सहयोग र समन्वयमा प्रतियोगिता माघ १६ र १७ गते गरी दुई दिनसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्दै स्वस्थ, अनुशासित र सक्षम नागरिक निर्माणमा योगदान पुर्‍याउनु रहेको छ।
कार्यालयका वडा सचिव टंकनाथ भण्डारीका अनुसार यस प्रतियोगितामा विभिन्न टोल विकास समितिका ४ वटा टिम तथा २ वटा विद्यालयका बाल क्लब गरी जम्मा ६ वटा टिम सहभागी हुनेछन्। प्रतियोगिता १८ वर्षमुनिका पुरुष खेलाडीहरूका लागि आयोजना गरिएको हो।
खेल तालिकाअनुसार पहिलो दिन बिहान ८ बजे देवी नगर बाल क्लब र त्रिनेत्र बाल क्लबबीच पहिलो खेल हुनेछ। त्यसैगरी बिहान १० बजे राष्ट्रिय माध्यमिक विद्यालय बाल क्लब र बेलहानी बाल क्लबबीच खेल हुने छ भने दिउँसो १२ बजे विज्डम बाल क्लब र नमूना बाल क्लबबीच प्रतिस्पर्धा हुने टोल समितिका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो।
प्रतियोगिताका खेलहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमअनुसार सञ्चालन गरिनेछ भने एल. बी. डब्लु. नियम लागू नहुने आयोजकले जनाएको छ। प्रत्येक टिममा ९ जना खेलाडी रहनेछन् भने २ जना अतिरिक्त खेलाडी समावेश गर्न सकिनेछ । खेल १० ओभरको हुनेछ भने फाइनल खेल १२ ओभरको हुने शिक्षक बाेल्गा नेपालले बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष ध्रुव थारूका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई रू. १० हजार नगद र द्वितीय हुने टिमलाई ५ हजार रुपैयाँ नगद सहित पुरस्कार रहेको बताउदै, विजेता टिमलाई शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो।
प्रतियोगिता सम्बन्धी छलफल तथा तयारी कार्यक्रम वडा अध्यक्ष ध्रुव थारूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा टोल विकास समितिका अध्यक्षहरू, बाल क्लबका अध्यक्षहरू, विद्यालयका शिक्षकहरू, टिम कप्तानहरू तथा टोल समितिका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताले बालबालिकामा खेलप्रतिको रुचि वृद्धि गर्ने, प्रतिभा पहिचान गर्न सहयोग पुग्ने र सामाजिक एकता मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ। स्थानीय तहमा यस्ता खेलकुद कार्यक्रमको निरन्तरताले भविष्यमा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme