11.2 C
New York
Saturday, May 2, 2026

Buy now

spot_img
spot_img

जेन-जीबाट चारजना मन्त्री बन्दै

- Advertisement -

काठमाडौँ — युवा सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले आइतबार उनलाई मन्त्री पदमा नियुक्त गर्ने तयारी गरेकी हुन्।

श्रेष्ठले हनुमानढोका दरबार, नारायणहिटी दरबार र रानीपोखरीलगायतका ऐतिहासिक सम्पदाको संरक्षणमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्ति हुन्। २०७२ सालको भूकम्पपछि पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेत्रमा कंक्रिट प्रयोगको विरोध, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगविरुद्ध आवाज उठाउनेदेखि खुलामञ्चको व्यापारीकरण रोक्नसम्म उनले निरन्तर अभियान चलाएका थिए। यस क्रममा उनले पटक–पटक धम्की समेत पाएका थिए।

भूकम्पका बेला झोछेंस्थित आफ्नै घर भत्किए पनि श्रेष्ठ वसन्तपुर क्षेत्रमा पुरातात्विक सम्पदा संरक्षणमा जुटेका थिए। उनले हनुमानढोका दरबार क्षेत्रको निजीकरणविरुद्ध सडकदेखि अदालतसम्म संघर्ष गरेका थिए।

गुठी विधेयकविरुद्धको आन्दोलनमा राष्ट्रिय पहिचान संरक्षक संयुक्त संघर्ष समितिका संयोजकका रूपमा उनी अग्रपंक्तिमा रहे। काठमाडौंका इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ रथ यात्रा, गाइजात्रा र फागु पूर्णिमा जस्ता सांस्कृतिक पर्व व्यवस्थापनमा पनि उनले संयोजकको भूमिका निर्वाह गरेका छन्।

श्रेष्ठसँगै तीन अन्य व्यक्तिहरू पनि मन्त्री बन्न लागेका छन्। बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री, रामजी राम स्वास्थ्य तथा जनसंख्या मन्त्री, र टासी ल्हाजोम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने तयारीमा छन्।

परराष्ट्रसहितका केही महत्वपूर्ण मन्त्रालय भने अझै पनि खाली रहेका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme