नवलपरासीकाे प्रतापपुरमा गाेली चल्याे

452

पश्चिम नवलपरासी ।

जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रमा प्रहरी र स्थानीयवासी बीच झडप हुदा प्रहरीले २ राउण्ड गाेली चलाएकाे छ ।

प्रहरीले एक स्थानीय युवकलाई नियन्त्रणमा लिनका लागि गरेकाे प्रयासकाे विराेधमा स्थानीयवासी प्रतिकारमा उत्रेपछि भएकाे झडप नियन्त्रण गर्नका लागि प्रहरीले २ राउण्ड अश्रु ग्यास फायर गरेकाे ईप्रका बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रसाद यादवले बताएका छन् ।

युवकसंग भेटिएकाे १० लाख नगद रकमकाे श्राेत खाेलाउन माग गरिएकाे र अनुसन्धानका लागि ईप्रका लैजान खाेज्दा स्थानीयले अवराेध गरेकाे प्रनि यादवले अनलाईनजनतासित बताएका हुन्।

नीजि पैसा बैंकमा जम्मा गर्नका लागि हिडेका प्रतापपुर गापा ५ का युवकलाई प्रहरीले बाटाेमा राेकेर नियन्त्रणमा लिन खाजेकाे आराेप स्थानीयवासीकाे छ ।