13 C
New York
Monday, April 27, 2026

Buy now

spot_img
spot_img

३ वर्षदेखि लुम्बिनीमा थन्किएका विजुली बस आज सञ्चालनमा; दैनिक रामग्राम पनि आउने

- Advertisement -

रंजीत शर्मा/ नवलपरासी/१३ असोज।
३ वर्षदेखि लुम्बिनीमा बेवारीसे अवस्थामा रहेका विजुली बसहरु आज बिहीबारदेखि संचालनमा आएका छन्। आजै देखि रुट न. १ चल्ने बस लुम्बिनीबाट भैरहवा एयरपोर्ट बेलहिया नाका हुँदै रामग्राम आउने भएको छ।

बुधबार जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको बैठकले बिहीबारदेखि ५ वटा बस मध्य हाल ४ वटा विजुली बस संचालनमा ल्याउने निर्णय गरेको हो।

लुम्बिनीमा आउने पर्यटकहरूलाई सेवा दिने उद्देश्यले एसियाली विकास बैंकले तीन वर्षअगाडि पाँच वटा विद्युतीय बस र १४ वटा विद्युतीय कार लुम्बिनी विकास कोषलाई अनुदानमा उपलब्ध गराएको थियो। तर सञ्चालन सम्बन्धी कार्यविधि नबन्दा त्यसै थन्किएका थिए।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले सवारीसाधन सञ्चालन सम्बन्धी कार्यविधि बनाएर मन्त्रालयमा पेस गरे पनि कानुन अभावमा कार्यान्वयन हुन नपाएकाले अहिले दसैंतिहारलाई मात्रै लक्षित गरी सेवा दिन लागिएको जानकारी दिए।

कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा गठित कार्यदलले कार्यविधि बनाएर कोषका अध्यक्षलाई पेस गरिसकेको थियो। तर नम्बर प्लेट, रूट इजाजत, बिमा लगायत प्रक्रियामा ढिलाइ हुँदा समयमा सञ्चालन गर्न सकिएको थिएन।

कोषका अनुसार एउटा बस नेपाल प्रहरीले, एउटा शसस्त्र प्रहरीले, एउटा नेपाली सेनाले र एउटा कोष आफैंले सञ्चालन गर्ने छन्।

विभिन्न ६ वटा रूटमा चल्ने ती बसमध्ये एउटा कपिलवस्तुको तिलौराकोट,लुम्बिनी हुँदै भैरहवा,एउटा रामग्रामबाट भैरहवा र दुइटा भैरहवा-बुटवल रूटमा सञ्चालन हुनेछन्। सबै रूट व्यवस्थापनका लागि कोषको सचिवालय बैठकले बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा ३ सदस्यीय परीक्षण इकाई पनि गठन गरेको छ।

लुम्बिनी आउने पर्यटकको सुविधा वृद्धिमा ध्यान दिँदै विद्युतीय बस र कार ल्याइए पनि कार्यविधि अभावमा खुला चौरमै थन्किएका थिए। एसियाली विकास बैंकको अनुदानमा चार्जिङ स्टेसन समेत तयार भइसकेको छ।

गाडी सञ्चालनका लागि होटल एसोसिएसन,नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र कोषका तर्फबाट एक/एक जनाले चालकको जिम्मेवारी लिएका छन्।

कम्तीमा १५ दिनसम्म यो सेवा सञ्चालन गर्ने र परीक्षणकाल सकेर औपचारिक रूपमा बस सञ्चालन गरिने कोषले जनाएको छ।

रुट न.१ मा चल्ने निशुल्क यात्रु बोक्ने एउटा बस दैनिक २ पटक रामग्राम आउने र भैरहवा हुँदै लुम्बिनी फर्कने भएकोले निःशुल्क यात्राको लाभ उठाउन सकिने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ।

पश्चिम नवलपरासीका प्रमूख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुशार निशुल्क यात्रु बोक्ने उक्त बस शसस्त्र प्रहरिले चलाउने भएकोले सुरक्षाको दृष्टिकोणले समेत राम्रो र पर्यटक आवागमन हुना हुँदा रामग्रामको विकास हुने बताए ।

बिहीबार लुम्बिनीमा लुम्बिनी विकाष कोषका पदाधिकारीहरु , रुपन्देहीका प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखहरु,पर्यटन ब्यावसायीको उपस्थितीमा विजुली बस संचालनमा आएको लुम्बिनी बिकास कोषका कोषध्यक्ष सिद्धिचरण भट्र्रराईले जानकारी दिए।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme