सहबान अन्सारी
नवलपरासीमा १ लाख ४२ हजार ७३० मुल्य बराबरको अबैध लत्ताकपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सनिवार पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ बेलासपुर स्थित भारतबाट अबैध रुपमा छिपाई नेपातर्फ ल्याउदै गरेको कपडा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको कपडा आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको सुचना अधिकारी रोशन घिमीरेले बताए ।















