पप्पु रेग्मी जिमिरेभार
बर्दघाट नगरपालिका ७ जिमिरेभारमा भएको भेलाले वडाभित्रका पाँच वटा टोल विकास समिति गठन गरिएको छ । वडा सदस्य टंक प्रसाद उपाध्यायको अध्यक्षता बसेको आमभेलावाट ध्रुव कुमार रेग्मीको अध्यक्षतामा११ सदस्यीय त्रिनेत्र टोल विकास समिति चयन गरेको छ ।
जसमा उपाध्यक्षमा अप्सरा श्रेष्ठ, सचिवमा गोपाल पौडेल, कोषाध्यक्षमा साहारा गोतामे, रहेका छन भने सदस्यहरूमा क्रमशः रूद्र ढकाल, गंगाधर वि.क., वेचनी थारू, गयासुदिन अन्सारी, रमेश यादव, अम्बिका खनाल, रामहरि अधिकारी रहेका छन् ।
त्यसैगरि जिमिरेभारमा ४ टोल विकास समिति गठन गरिएको छ । देवीनगरमा रोमणी पाठक नमुना टोलमा प्रकाश श्रेष्ठ, प्रगतीमा तारा प्रसाद चापागाई, र बेलाहानी टोलमा राम प्रसाद ढकालकोे अध्यक्षतामा समिति गठन भएको जनाइएको छ ।





