सहबान अन्सारी, साउन २९ ।
नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ४ नर्सहिमा बालविबाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समय नपुगदै विबाह गर्नु महिलाहरुको अधिकार हनन हुने साथै शारिरीक र मानसिक विकाशमा प्रभाव पर्ने धारणा राख्नु भयो ।
यस्तो अपराध जस्तो काम गर्नु र गराऊनु दुबै सजायका भागिदारी हुनु र यस प्रति सबै सम्बन्धित निकायहरुलाई ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो ।
सो कार्यक्रममा सुनिल कुमार सिहं,प्रेम प्रसाद कानु,मनिषा हरिजन, राजकुमार कुश्वाहा साईदा निशा पठान, भागिरथी पाल लगायतहरुको उपस्थिति रहेको थियो । त्यस्तै वडा नं ५ पक्लिहवामा सोही कार्यक्रम सम्पन्न भएको छ ।
हिमा हरिजनको अध्यक्षता तथा वडा सचिव कर्ण बहादुर दर्लामीको प्रमुख अथित्यता रहेको कार्यक्रमा लिल बहादुर बिक, स्वास्थ्य चौकी ईन्चार्ज राजकिशोर मंडल, श्याने गोरु गुरुङ, पुजा हरिजन,संजीत शर्मा, दिना कहाँर लगायतहरुको उपस्थिति रहेको थियो ।
गोकुलनगर किशोरी समुहको आयोजना तथा एबिसी नेपालको सहयोग रहेको कार्यक्रममा उर्मिला हरिजनको अध्यक्षता तथा बडाध्यक्ष अशोक कुमार गुरुङको प्रमुख अथित्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै गुरुङले बालविबाह प्रति सबै सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताऊनु भयो ।