11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा अवैध सामान बरामद : एक करोड बढीको अवैध कारोबारमा संलग्न समूह नियन्त्रणमा

- Advertisement -

नवलपरासी, साउन ७ —
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र मातहत प्रहरी इकाईहरूले संयुक्त रूपमा साउन ६ गते सञ्चालन गरेको चेकजाँचका क्रममा झन्डै रु. १,२१,९८,८५७ बराबरको अवैध सामानहरू बरामद गरेका छन्। भारततर्फबाट ल्याइएका यी सामानहरू तस्करी गरिँदै गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार निम्न स्थानबाट विभिन्न समयमा अवैध सामान बरामद गरिएको होः

१. गैडाकोट–५ स्थित बुटवल नाकामा चेकजाँच गर्दा २३ क्विन्टल २ सय ७६ के.जी. लुगाफाटो बरामद भएको छ। यसकाे अनुमानित मूल्य रु. १६,५५,००० रहेको छ।

२. गैडाकोट–५ बाटै पुनः ३६ बोर चामल, १० बोर सुतली, मोटर वायर २२ थान, फलामकाे पाइप ५० फिट लगायतको सामान बरामद भएको छ, जसको अनुमानित मूल्य रु. ३२,८०० रहेको छ।

३. पाल्हिनन्दन–८ भगवतपुरमा तस्करले छोडेर भागेको अवस्थामा २२ थान टाइल्स, फिटिङ सामान, CPVC पाइप लगायतको सामग्री बरामद भएको छ।

४. सारावल–२ सालझण्डीमा विभिन्न प्रकारका औषधिजन्य सामग्रीहरू जस्तै Vitamin Premix, Valoe, Leemin Forte, Biomin, Anazyme Forte, alkokarb आदि फेला परेका छन्।

५. सुनवल–४ घमाहिकाे एक गोदामबाट ८ थान पुराना मोटरसाइकलका इञ्जिन, चेसिस, टायर लगायतको सामान बरामद भएको छ।

६. बर्दघाट–४ रामनगरमा एक भारतीय नागरिकले संचालन गर्दै आएको अवैध मेडिकल सपबाट Orlimax, Hair oil, Purple Flame, Lukosin जस्ता औषधीसहित रु. १,१९,००० बराबरको सामग्री बरामद भएको हो।

७. साथै अन्य स्थानबाट पनि चिनी, सुतली, पाइप, फिटिङ, टाइल्स आदिसमेत बरामद गरिएको छ।

oppo_16

प्रहरीका अनुसार बरामद गरिएको सबै सामान जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखिएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रहरी नायब उपरिक्षक वीर दत्त पन्तका अनुसार, “अवैध तस्करी र आर्थिक अपराध नियन्त्रणका लागि हामी निरन्तर रुपमा निगरानी र चेकजाँचलाई कडाइ गर्दै छौं।”

प्रहरीको सक्रियताले जिल्लामा गैरकानुनी कारोवारमा संलग्न समूहलाई ठूलो झटका दिएको छ भने नागरिकहरूले पनि प्रहरीको सक्रियतालाई सकारात्मक रुपमा लिएका छन्।


spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme