15.2 C
New York
Monday, May 25, 2026

Buy now

spot_img
spot_img

हराएको मोटरसाइकल २४ घण्टामै फेला, धनिलाई बुझायो प्रहरीले

- Advertisement -

नवलपरासी (पश्चिम), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका–१४ धर्मबस्तीबाट हराएको मोटरसाइकल प्रहरीले २४ घण्टाभित्रै फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।

असार २५ गते धर्मबस्तीस्थित आफ्नै घरअगाडि पार्किङ गरी राखिएको ना ५० प १०५९ नम्बरको मोटरसाइकल राती ९ बजेदेखि हराएपछि मोटरसाइकल धनीले प्रहरीमा उजुरी दिएका थिए। घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) मातहतको प्रहरी टोली खोजीमा खटिएको थियो।

प्रहरी निरीक्षक सन्तोष राजभण्डारीको नेतृत्वमा खटिएको टोलीले असार २६ गते सरावल गाउँपालिका–३ गोहीनीस्थित सडक किनारमा मोटरसाइकल फेला पारेको हो। फेला परेको मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा ल्याई बर्दघाट नगरपालिका–१४ का ४७ वर्षीय पिताम्बर कामु मगरलाई बुझाइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए।

प्रहरीका अनुसार चोरी वा हराएको सवारीसाधनको खोजीमा जनताको सहकार्य र त्वरित सूचना प्रवाहले ठूलो सहयोग पुर्‍याएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme